देशलाई कुन दिसामा लैजाने भन्ने मुख्य भूमिका माओवादीको हातमा रहेको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बताउनुभएको छ ।
सुर्खेत विमानस्थलमा पत्रकारसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले राष्ट्रिय राजनीतिलाई कता लैजाने भन्ने निर्णायक भूमिकामा माओवादी नै रहेको बताउनुभएको हो ।
देश माओवादीकै एजेण्डामा चलिरहेकाले राष्ट्रिय राजनीति माओवादीकै इसरामा चलिरहेको उहाँको दाबी छ । सत्ता गठबन्धनलाई आगामी निर्वाचनभन्दा पछिसम्म पनि कायम राख्ने प्रयासमा रहेको पनि उहाँले बताउनुभयो ।
एमसीसीका कारण आफ्नो पार्टीभित्र देखिएको समस्या समाधान भइसकेको अध्यक्ष प्रचण्डको दाबी छ ।
प्रचण्ड माओवादी केन्द्र कर्णाली प्रदेशले आयोजना गरेको प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्न सुर्खेतमा हुनुहुन्छ ।
आफ्नो प्रतिक्रिया दिनुहोस्