देश माओवादीकै एजेण्डामा चलिरहेको छ : प्रचण्ड

  • नेपाल राष्ट्रिय दैनिक
  • March 11, 2022
prachanda

देशलाई कुन दिसामा लैजाने भन्ने मुख्य भूमिका माओवादीको हातमा रहेको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बताउनुभएको छ ।

सुर्खेत विमानस्थलमा पत्रकारसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले राष्ट्रिय राजनीतिलाई कता लैजाने भन्ने निर्णायक भूमिकामा माओवादी नै रहेको बताउनुभएको हो ।

देश माओवादीकै एजेण्डामा चलिरहेकाले राष्ट्रिय राजनीति माओवादीकै इसरामा चलिरहेको उहाँको दाबी छ । सत्ता गठबन्धनलाई आगामी निर्वाचनभन्दा पछिसम्म पनि कायम राख्ने प्रयासमा रहेको पनि उहाँले बताउनुभयो ।

एमसीसीका कारण आफ्नो पार्टीभित्र देखिएको समस्या समाधान भइसकेको अध्यक्ष प्रचण्डको दाबी छ ।

प्रचण्ड माओवादी केन्द्र कर्णाली प्रदेशले आयोजना गरेको प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्न सुर्खेतमा हुनुहुन्छ ।

Share :
hungarian pm viktor orban

हङ्गेरी सरकारले एकल मुद्राको रुपमा ‘युरो’ लागु नगर्ने

बुडापेस्ट- हङ्गेरीका प्रधानमन्त्री भिक्टर ओरबानले, हङ्गेरी सरकारले हाल एकल युरोपेली मुद्रा ‘युरो’ अपनाउने कुनै योजना नबनाएको बताएका छन् । युरोपेली संघ आफैं विघटनको खतरा सामना गरिरहेको बेला देशमा एकल मुद्राको रुपमा युरो लागु गर्नुको कुनै औचित्य नभएको उनले बताएका छन्। हङ्गेरी वाणिज्य तथा उद्योग चेम्बरको इकोनोमिक्स मनी टक पोडकास्टमा प्रकाशित अन्तर्वार्तामा प्रधानमन्त्री ओरबानले भने, “यो विषय मेरो कार्यसूचीमा पक्का रूपमा[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५