चैत १८ गतेदेखि चिकित्सा शिक्षा स्नातक तहको परीक्षा हुने

  • नेपाल राष्ट्रिय दैनिक
  • March 11, 2022
medical edu commission1623687868

आगामी चैत १८ गतेदेखि चिकित्सा शिक्षा आयोगले स्नातक तहको एकीकृत प्रवेश परीक्षा गर्ने भएको छ । आयोगले परीक्षाको समय तालिका सार्वजनिक चैत १८, २० र २१ गते गर्ने जनाएको हो ।

आयोगको अनुसार बिहान ११ बजेदेखि हुने परीक्षा चैत १८ गते एमबीबीएस, बीडीएस, बीएससी नर्सिङ, बीएएसएलपी, बी पर्फ्युजन टेक्नोलोजीको परीक्षा हुनेछ । बीएएमएस, बीएनएस, बीएससी, एमएलटी, बएससी एमआईटी, बी फार्मा, बी अप्टोमेट्रि र बीपीटीको परीक्षा हुने र चैत २१ गते बीपीएचको परीक्षा हुनेछ ।

आयोगले परीक्षा केन्द्र उपत्यकामा मात्रै रहनेसमेत जानकारी गराएको छ । परीक्षार्थीको प्रवेशपत्र परीक्षा दिन पाँचदिन अघि अनलाइनमा उपलब्ध गराउने जनाएको छ ।

परीक्षार्थीले परीक्षा दिन आउँदा प्रवेशपत्रसँगै नागरिकता वा पासपोर्ट (अनलाइन आवेदनमा पेश गरे अनुसार) को सक्कलप्रति समेत ल्याउनुपर्ने समयतालिकामा उल्लेख छ ।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५