चैत १८ गतेदेखि चिकित्सा शिक्षा स्नातक तहको परीक्षा हुने

  • नेपाल राष्ट्रिय दैनिक
  • March 11, 2022
medical edu commission1623687868

आगामी चैत १८ गतेदेखि चिकित्सा शिक्षा आयोगले स्नातक तहको एकीकृत प्रवेश परीक्षा गर्ने भएको छ । आयोगले परीक्षाको समय तालिका सार्वजनिक चैत १८, २० र २१ गते गर्ने जनाएको हो ।

आयोगको अनुसार बिहान ११ बजेदेखि हुने परीक्षा चैत १८ गते एमबीबीएस, बीडीएस, बीएससी नर्सिङ, बीएएसएलपी, बी पर्फ्युजन टेक्नोलोजीको परीक्षा हुनेछ । बीएएमएस, बीएनएस, बीएससी, एमएलटी, बएससी एमआईटी, बी फार्मा, बी अप्टोमेट्रि र बीपीटीको परीक्षा हुने र चैत २१ गते बीपीएचको परीक्षा हुनेछ ।

आयोगले परीक्षा केन्द्र उपत्यकामा मात्रै रहनेसमेत जानकारी गराएको छ । परीक्षार्थीको प्रवेशपत्र परीक्षा दिन पाँचदिन अघि अनलाइनमा उपलब्ध गराउने जनाएको छ ।

परीक्षार्थीले परीक्षा दिन आउँदा प्रवेशपत्रसँगै नागरिकता वा पासपोर्ट (अनलाइन आवेदनमा पेश गरे अनुसार) को सक्कलप्रति समेत ल्याउनुपर्ने समयतालिकामा उल्लेख छ ।

Share :
hungarian pm viktor orban

हङ्गेरी सरकारले एकल मुद्राको रुपमा ‘युरो’ लागु नगर्ने

बुडापेस्ट- हङ्गेरीका प्रधानमन्त्री भिक्टर ओरबानले, हङ्गेरी सरकारले हाल एकल युरोपेली मुद्रा ‘युरो’ अपनाउने कुनै योजना नबनाएको बताएका छन् । युरोपेली संघ आफैं विघटनको खतरा सामना गरिरहेको बेला देशमा एकल मुद्राको रुपमा युरो लागु गर्नुको कुनै औचित्य नभएको उनले बताएका छन्। हङ्गेरी वाणिज्य तथा उद्योग चेम्बरको इकोनोमिक्स मनी टक पोडकास्टमा प्रकाशित अन्तर्वार्तामा प्रधानमन्त्री ओरबानले भने, “यो विषय मेरो कार्यसूचीमा पक्का रूपमा[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५