सम्पूर्ण शक्ति निर्वाचन केन्द्रीत गर्ने कार्ययोजना पारित गर्दै नेकपा समाजवादी बैठक सम्पन्न

  • नेपाल राष्ट्रिय दैनिक
  • March 10, 2022
madhav kendriya 1629781130

आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा पार्टीको सम्पूर्ण शक्ति केन्द्रीत गर्नेगरी कार्ययोजना पारित गर्दै नेकपा एकीकृत समाजवादीको तेस्रो केन्द्रीय कमिटी बैठक सकिएको छ ।

दुई दिनदेखि जारी केन्द्रीय समितिको बैठकले केही समसामयिक प्रस्ताव समेत पारित गरेको छ ।

त्यस्तै अध्यक्ष माधवकुमार नेपालले बैठकमा पेस गरेको राजनीतिक प्रतिवेदन सुझावसहित पारित गरेको छ । अध्यक्ष नेपालको प्रतिवेदनमाथि ९ समूह बनाएर छलफल गरिएको थियो ।

बैठकबाट १४ बुँदे समसामयिक प्रस्तावसमेत पारित गरेको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बताउनुभयो ।

बैठकले एमसीसीका बारेमा आएका विचार र धारणालाई समेत पार्टीको सम्पत्तिका रुपमा राख्दै आवश्यक पर्दा छलफल गर्न सकिने निर्णय गरेको छ ।

Share :
hungarian pm viktor orban

हङ्गेरी सरकारले एकल मुद्राको रुपमा ‘युरो’ लागु नगर्ने

बुडापेस्ट- हङ्गेरीका प्रधानमन्त्री भिक्टर ओरबानले, हङ्गेरी सरकारले हाल एकल युरोपेली मुद्रा ‘युरो’ अपनाउने कुनै योजना नबनाएको बताएका छन् । युरोपेली संघ आफैं विघटनको खतरा सामना गरिरहेको बेला देशमा एकल मुद्राको रुपमा युरो लागु गर्नुको कुनै औचित्य नभएको उनले बताएका छन्। हङ्गेरी वाणिज्य तथा उद्योग चेम्बरको इकोनोमिक्स मनी टक पोडकास्टमा प्रकाशित अन्तर्वार्तामा प्रधानमन्त्री ओरबानले भने, “यो विषय मेरो कार्यसूचीमा पक्का रूपमा[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५