विदेशबाट आउनेले अब क्वरेण्टीनमा बस्न नपर्ने

  • नेपाल राष्ट्रिय दैनिक
  • March 10, 2022
1566703670

सरकारले विदेशबाट नेपाल आउने यात्रुलाई कोरोनासम्बन्धी नयाँ आदेश जारी गरेको छ ।

कोरोना रोकथामका लागि यसअघि जारी भएका सबै प्रावधान खारेज गरेर सरकारले विदेशबाट आउनेहरूले कोरोनाविरुद्धको खोप लगाएको कार्ड या पीसीआर नेगेटिभ रिपोर्टमध्ये एउटा कागजात पेस गरे पुग्ने नयाँ ट्राभल एड्भाइजरी लागू गरेको हो ।

मन्त्रिपरिषद्ले गरेको निर्णयका आधारमा नयाँ नियम लागू भएको र यसले नेपाल आउनेहरूलाई निकै सहज हुने अध्यागमन विभागका महानिर्देशक नारायणप्रसाद भट्टराईले जानकारी दिनुभयो । कोरोनाविरुद्धको खोप वा पीसीआर नेगेटिभ रिपोर्ट देखाएमा क्वरेण्टीन बस्न नपर्ने पनि उहाँले जानकारी दिनुभयो ।

सरकारको नयाँ नियममा वैदेशिक रोजगारीमा रहेर स्वदेश फर्कने नेपाली र पर्यटकलाई निकै सहज हुनेछ । यो नियम लागू भएसँगै नेपालमा पर्यटकको सङ्ख्या पनि बढ्ने अपेक्षा गरिएको व्यवसायीले जनाएका छन् ।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५