विदेशबाट आउनेले अब क्वरेण्टीनमा बस्न नपर्ने

  • नेपाल राष्ट्रिय दैनिक
  • March 10, 2022
1566703670

सरकारले विदेशबाट नेपाल आउने यात्रुलाई कोरोनासम्बन्धी नयाँ आदेश जारी गरेको छ ।

कोरोना रोकथामका लागि यसअघि जारी भएका सबै प्रावधान खारेज गरेर सरकारले विदेशबाट आउनेहरूले कोरोनाविरुद्धको खोप लगाएको कार्ड या पीसीआर नेगेटिभ रिपोर्टमध्ये एउटा कागजात पेस गरे पुग्ने नयाँ ट्राभल एड्भाइजरी लागू गरेको हो ।

मन्त्रिपरिषद्ले गरेको निर्णयका आधारमा नयाँ नियम लागू भएको र यसले नेपाल आउनेहरूलाई निकै सहज हुने अध्यागमन विभागका महानिर्देशक नारायणप्रसाद भट्टराईले जानकारी दिनुभयो । कोरोनाविरुद्धको खोप वा पीसीआर नेगेटिभ रिपोर्ट देखाएमा क्वरेण्टीन बस्न नपर्ने पनि उहाँले जानकारी दिनुभयो ।

सरकारको नयाँ नियममा वैदेशिक रोजगारीमा रहेर स्वदेश फर्कने नेपाली र पर्यटकलाई निकै सहज हुनेछ । यो नियम लागू भएसँगै नेपालमा पर्यटकको सङ्ख्या पनि बढ्ने अपेक्षा गरिएको व्यवसायीले जनाएका छन् ।

Share :
hungarian pm viktor orban

हङ्गेरी सरकारले एकल मुद्राको रुपमा ‘युरो’ लागु नगर्ने

बुडापेस्ट- हङ्गेरीका प्रधानमन्त्री भिक्टर ओरबानले, हङ्गेरी सरकारले हाल एकल युरोपेली मुद्रा ‘युरो’ अपनाउने कुनै योजना नबनाएको बताएका छन् । युरोपेली संघ आफैं विघटनको खतरा सामना गरिरहेको बेला देशमा एकल मुद्राको रुपमा युरो लागु गर्नुको कुनै औचित्य नभएको उनले बताएका छन्। हङ्गेरी वाणिज्य तथा उद्योग चेम्बरको इकोनोमिक्स मनी टक पोडकास्टमा प्रकाशित अन्तर्वार्तामा प्रधानमन्त्री ओरबानले भने, “यो विषय मेरो कार्यसूचीमा पक्का रूपमा[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५