नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्तारूढ गठबन्धनका दलहरूसँग चुनावी तालमेल गरेर जाने संकेत गर्नुभएको छ ।
आज वीरगञ्जमा आयोजित कांग्रेसको कार्यक्रममा प्रधानमन्त्री देउवाले गठबन्धनमा रहेका दलहरूलाई चिड्याउने कुरा नगर्न पनि नेता तथा कार्यकर्तालाई निर्देशन दिनुभयो ।
गठबन्धनले स्वीकार गरेर आफू प्रधानमन्त्री बनेको देउवाको भनाइ थियो ।
प्रधानमन्त्री देउवाले कुनै पनि पार्टीले एक्लै बहुमत ल्याउन सक्ने अवस्था नरहेको पनि बताउनुभयो ।
नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादीले सहयोग गरेपछि आफू प्रधानमन्त्री बनेको देउवाको भनाइ थियो ।
आफ्नो प्रतिक्रिया दिनुहोस्