विभिन्न कार्यक्रममा सहभागि हुन प्रधानमन्त्री देउवा वीरगञ्जमा

  • नेपाल राष्ट्रिय दैनिक
  • March 10, 2022
pppm

प्रधानमन्त्री शेरबहादुर देउवा आज विभिन्न कार्यक्रममा सहभागी हुन वीरगञ्ज पुग्नुभएको छ ।

केही समयअघि वीरगञ्ज पुग्नुभएका प्रधानमन्त्री देउवालाई स्थानीय पार्टी नेता कार्यकर्ता तथा विभिन्न सरकारी निकायका प्रमुखहरुले स्वागत गर्नुभएको थियो ।

नेपाली कांग्रेसका सभापतिसमेत रहनुभएका देउवाले पार्टीको पर्सा जिल्लाका नवनिर्वाचित कार्यसमिति पदाधिकारीलाई बधाई तथा प्रमाणपत्र वितरण गर्नुहुने कार्यक्रम रहेको छ ।

आजै प्रधानमन्त्री देउवाले नेपाल घरेलु तथा साना उद्योग महासङ्घको २५ औँ राष्ट्रिय महाधिवेशन तथा केन्द्रीय महिला उद्यमी समितिको २२ औँ राष्ट्रिय महिला उद्यमी सम्मेलनको पनि उद्घाटन गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५