बुधबार सुनको मूल्य नेपाली बजारमा हालसम्मकै उच्च हुँदै प्रतितोला एक लाख पाँच हजार ५०० मा कारोबार भएको थियोे ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु एक लाख एक हजार ५०० तोकिएको छ । यसको मूल्य बुधबार प्रतितोला रु एक लाख पाँच हजार थियो ।
त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला ४५ले घटेर एक हजार ४०५ पुगेको महासङ्घले जनाएको छ ।
महासङ्घले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने उतारचढावका आधारमा दैनिक कारोबार मूल्य तोक्दै आएको छ ।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ९७८ डलर आसपास कारोबार भइरहेको छ ।
आफ्नो प्रतिक्रिया दिनुहोस्