भारतमा कोरोनाभाइरसबाट थप चार हजार ५७५ जना सङ्क्रमित

  • नेपाल राष्ट्रिय दैनिक
  • March 9, 2022
kovid

A health worker dressed in protective gear uses a swab to collect sample from a man for a coronavirus test at Kalimati vegetable market during a government-imposed nationwide lockdown as a preventive measure against the spread of the COVID-19 coronavirus, in Kathmandu on May 14, 2020. (Photo by PRAKASH MATHEMA / AFP)

भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितको सङ्ख्या दिनप्रति दिन घट्दै गइरहेको भएपनि गत सोमबारको तुलनामा मङ्गलबार केही मात्रामा बढेको पाइएको छ ।

भारतमा पछिल्लो २४ घण्टामा थप चार हजार ५७५ सङ्क्रमित भएका केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बुधबार जानकारी दिएको छ । यद्यपी सोमबार तीन हजार ९९३ जना कोरोना सङ्क्रमित भएका थिए ।

योसँगै भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेकाको सङ्ख्या भने ४६ हजार ९६२ पुगेको अधिकारीले जनाएका छन् । सक्रिय सङ्क्रमितको यो संख्या कूल सङ्क्रमितको ०।११ प्रतिशत रहेको समाचारमा जनाइएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार सोही अवधिमा सात हजार ४१६ कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएका छन् । एउटै अवधिमा नयाँ सङ्क्रमितको सङ्ख्याभन्दा सङ्क्रमणमुक्त भएकाको सङ्ख्या धेरै भएकाले सक्रिय सङ्क्रमितको सङ्ख्या पनि घट्दै गइरहेको हो ।

भारतमा अहिलेसम्म कोरोनाभाइरसबाट सङ्क्रमित भएर पनि सङ्क्रमणमुक्त भइसकेकाको सङ्ख्या चार करोड २४ लाख १३ हजार ५६६ पुगेको छ । भारतमा कोरोना भाइरस सङ्क्रमण मुक्त दर ९८।६९ प्रतिशत रहेको समाचारमा जनाइएको छ ।

कोरोनाभाइरसका कारण भारतमा अहिलेसम्म पाँच लाख १५ हजार ३५५ को मृत्यु भएको छ । तीमध्ये १४५ को पछिल्लो २४ घण्टामा मृत्यु भएको हो । गत मङ्गलबार एकै दिनमा भारतमा आठ लाख ७९ हजार ९०४ को कोरोना परीक्षण गरिएको छ । भारतमा कोरोना शुरु भएबाट हालसम्म ७७ करोड ५२ लाखभन्दा बढी व्यक्तिको कोरोना परिक्षण भइसकेको छ ।

भारत सन् २०२१ को जनवरी १६ बाट कोरोना भाइरविरुद्ध खोप अभियान शुरु भएको थियो । सो समयबाट हालसम्म कोरोना भाइरसविरुद्धको एक अर्ब ७९ करोड ३३ लाख भन्दा बढी डोज खोप लगाइएको छ ।

Share :
hungarian pm viktor orban

हङ्गेरी सरकारले एकल मुद्राको रुपमा ‘युरो’ लागु नगर्ने

बुडापेस्ट- हङ्गेरीका प्रधानमन्त्री भिक्टर ओरबानले, हङ्गेरी सरकारले हाल एकल युरोपेली मुद्रा ‘युरो’ अपनाउने कुनै योजना नबनाएको बताएका छन् । युरोपेली संघ आफैं विघटनको खतरा सामना गरिरहेको बेला देशमा एकल मुद्राको रुपमा युरो लागु गर्नुको कुनै औचित्य नभएको उनले बताएका छन्। हङ्गेरी वाणिज्य तथा उद्योग चेम्बरको इकोनोमिक्स मनी टक पोडकास्टमा प्रकाशित अन्तर्वार्तामा प्रधानमन्त्री ओरबानले भने, “यो विषय मेरो कार्यसूचीमा पक्का रूपमा[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५