भारतमा कोरोनाभाइरसबाट थप चार हजार ५७५ जना सङ्क्रमित

  • नेपाल राष्ट्रिय दैनिक
  • March 9, 2022
kovid

A health worker dressed in protective gear uses a swab to collect sample from a man for a coronavirus test at Kalimati vegetable market during a government-imposed nationwide lockdown as a preventive measure against the spread of the COVID-19 coronavirus, in Kathmandu on May 14, 2020. (Photo by PRAKASH MATHEMA / AFP)

भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितको सङ्ख्या दिनप्रति दिन घट्दै गइरहेको भएपनि गत सोमबारको तुलनामा मङ्गलबार केही मात्रामा बढेको पाइएको छ ।

भारतमा पछिल्लो २४ घण्टामा थप चार हजार ५७५ सङ्क्रमित भएका केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बुधबार जानकारी दिएको छ । यद्यपी सोमबार तीन हजार ९९३ जना कोरोना सङ्क्रमित भएका थिए ।

योसँगै भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेकाको सङ्ख्या भने ४६ हजार ९६२ पुगेको अधिकारीले जनाएका छन् । सक्रिय सङ्क्रमितको यो संख्या कूल सङ्क्रमितको ०।११ प्रतिशत रहेको समाचारमा जनाइएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार सोही अवधिमा सात हजार ४१६ कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएका छन् । एउटै अवधिमा नयाँ सङ्क्रमितको सङ्ख्याभन्दा सङ्क्रमणमुक्त भएकाको सङ्ख्या धेरै भएकाले सक्रिय सङ्क्रमितको सङ्ख्या पनि घट्दै गइरहेको हो ।

भारतमा अहिलेसम्म कोरोनाभाइरसबाट सङ्क्रमित भएर पनि सङ्क्रमणमुक्त भइसकेकाको सङ्ख्या चार करोड २४ लाख १३ हजार ५६६ पुगेको छ । भारतमा कोरोना भाइरस सङ्क्रमण मुक्त दर ९८।६९ प्रतिशत रहेको समाचारमा जनाइएको छ ।

कोरोनाभाइरसका कारण भारतमा अहिलेसम्म पाँच लाख १५ हजार ३५५ को मृत्यु भएको छ । तीमध्ये १४५ को पछिल्लो २४ घण्टामा मृत्यु भएको हो । गत मङ्गलबार एकै दिनमा भारतमा आठ लाख ७९ हजार ९०४ को कोरोना परीक्षण गरिएको छ । भारतमा कोरोना शुरु भएबाट हालसम्म ७७ करोड ५२ लाखभन्दा बढी व्यक्तिको कोरोना परिक्षण भइसकेको छ ।

भारत सन् २०२१ को जनवरी १६ बाट कोरोना भाइरविरुद्ध खोप अभियान शुरु भएको थियो । सो समयबाट हालसम्म कोरोना भाइरसविरुद्धको एक अर्ब ७९ करोड ३३ लाख भन्दा बढी डोज खोप लगाइएको छ ।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५