नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले आसन्न स्थानीय तह चुनावमा गठबन्धन गर्ने सम्बन्धमा अहिले पार्टीले कुनै निर्णय नगरेको बताउनुभएको छ ।
पार्टीको केन्द्रीय कार्यालयमा आज भएको चुनाव लक्षित पत्रकार सम्मेलनमा उहाँले गठबन्धनको सम्बन्धमा कुनै छलफल नहुने उहाँले स्पष्ट पार्नुभयो ।पार्टीको केन्द्रीय समिति र केन्द्रीय कार्यसम्पादन समितिको बैठक बसेर मात्रै यस सम्बन्धमा आधिकारिक निर्णय गरिने र त्यही निर्णयको आधारमा अघि बढ्ने उहाँले बताउनुभयो ।
देशको परिस्थिति, गठबन्धन सरकारको भविष्यलगायतका तत्कालीन परिस्थितिको अध्ययन गरेर मात्रै गठबन्धनबारे निर्णय लिइने उहाँको भनाइ छ।
आफ्नो प्रतिक्रिया दिनुहोस्