स्थानीय तह चुनावको तालमेलबारे कांग्रेस केन्द्रीय समितिले निर्णय गर्छ : उपसभापति खड्का

  • नेपाल राष्ट्रिय दैनिक
  • March 9, 2022
purna bahadur khadka21639388055

नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले आसन्न स्थानीय तह चुनावमा गठबन्धन गर्ने सम्बन्धमा अहिले पार्टीले कुनै निर्णय नगरेको बताउनुभएको छ ।

पार्टीको केन्द्रीय कार्यालयमा आज भएको चुनाव लक्षित पत्रकार सम्मेलनमा उहाँले गठबन्धनको सम्बन्धमा कुनै छलफल नहुने उहाँले स्पष्ट पार्नुभयो ।पार्टीको केन्द्रीय समिति र केन्द्रीय कार्यसम्पादन समितिको बैठक बसेर मात्रै यस सम्बन्धमा आधिकारिक निर्णय गरिने र त्यही निर्णयको आधारमा अघि बढ्ने उहाँले बताउनुभयो ।

देशको परिस्थिति, गठबन्धन सरकारको भविष्यलगायतका तत्कालीन परिस्थितिको अध्ययन गरेर मात्रै गठबन्धनबारे निर्णय लिइने उहाँको भनाइ छ।

Share :
hungarian pm viktor orban

हङ्गेरी सरकारले एकल मुद्राको रुपमा ‘युरो’ लागु नगर्ने

बुडापेस्ट- हङ्गेरीका प्रधानमन्त्री भिक्टर ओरबानले, हङ्गेरी सरकारले हाल एकल युरोपेली मुद्रा ‘युरो’ अपनाउने कुनै योजना नबनाएको बताएका छन् । युरोपेली संघ आफैं विघटनको खतरा सामना गरिरहेको बेला देशमा एकल मुद्राको रुपमा युरो लागु गर्नुको कुनै औचित्य नभएको उनले बताएका छन्। हङ्गेरी वाणिज्य तथा उद्योग चेम्बरको इकोनोमिक्स मनी टक पोडकास्टमा प्रकाशित अन्तर्वार्तामा प्रधानमन्त्री ओरबानले भने, “यो विषय मेरो कार्यसूचीमा पक्का रूपमा[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५