देशभर कोरोनाबाट मृत्यु संख्या शुन्य, आज २२४ जनामा संक्रमण

  • नेपाल राष्ट्रिय दैनिक
  • March 9, 2022
1800x1200 coronavirus 1 1

पछिल्लो २४ घण्टामा देशभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या न्युन रहेको छ । आज २२४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ९३६ पीसीआर परीक्षणमा ६८ जना र ३ हजार १५६ एन्टिजेन परीक्षणमा १५६ जनामा संक्रमण पुष्टि भएको हो ।

संक्रमितमध्ये काठमाडौंमा १९, भक्तपुरमा १० र ललितपुरमा ३ जना गरी उपत्यकामा ३२ जना रहेका छन् ।

पछिल्लो २४ घण्टामा २५१ जना संत्रमणमुक्त भएका छन् । ५ हजार ६९२ जना सक्रिय संक्रमितमध्ये संस्थागत आइसोलेसनमा १२४ जना रहेका छन् । तीमध्ये ३९ जना आईसीयूमा र ५ जना भेन्टिलेटरमा रहेका छन् ।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५