देशभर कोरोनाबाट मृत्यु संख्या शुन्य, आज २२४ जनामा संक्रमण

  • नेपाल राष्ट्रिय दैनिक
  • March 9, 2022
1800x1200 coronavirus 1 1

पछिल्लो २४ घण्टामा देशभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या न्युन रहेको छ । आज २२४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ९३६ पीसीआर परीक्षणमा ६८ जना र ३ हजार १५६ एन्टिजेन परीक्षणमा १५६ जनामा संक्रमण पुष्टि भएको हो ।

संक्रमितमध्ये काठमाडौंमा १९, भक्तपुरमा १० र ललितपुरमा ३ जना गरी उपत्यकामा ३२ जना रहेका छन् ।

पछिल्लो २४ घण्टामा २५१ जना संत्रमणमुक्त भएका छन् । ५ हजार ६९२ जना सक्रिय संक्रमितमध्ये संस्थागत आइसोलेसनमा १२४ जना रहेका छन् । तीमध्ये ३९ जना आईसीयूमा र ५ जना भेन्टिलेटरमा रहेका छन् ।

Share :
hungarian pm viktor orban

हङ्गेरी सरकारले एकल मुद्राको रुपमा ‘युरो’ लागु नगर्ने

बुडापेस्ट- हङ्गेरीका प्रधानमन्त्री भिक्टर ओरबानले, हङ्गेरी सरकारले हाल एकल युरोपेली मुद्रा ‘युरो’ अपनाउने कुनै योजना नबनाएको बताएका छन् । युरोपेली संघ आफैं विघटनको खतरा सामना गरिरहेको बेला देशमा एकल मुद्राको रुपमा युरो लागु गर्नुको कुनै औचित्य नभएको उनले बताएका छन्। हङ्गेरी वाणिज्य तथा उद्योग चेम्बरको इकोनोमिक्स मनी टक पोडकास्टमा प्रकाशित अन्तर्वार्तामा प्रधानमन्त्री ओरबानले भने, “यो विषय मेरो कार्यसूचीमा पक्का रूपमा[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५