सरकारले चुनाव गर्न नचाहेको एमाले महासचिव पोखरेलको आरोप

  • नेपाल राष्ट्रिय दैनिक
  • March 7, 2022
sankhar pokheral XTfLwH66Yd

नेकपा एमाले महासचिव शंकर पोखरेलले सरकारले चुनाव गर्न नचाहेको आरोप लगाउनुभएको छ ।

नेकपा एमाले मोरङ जिल्ला समितिले गरेको पत्रकार सम्मेलनमा उनले सरकार आवधिक निर्वाचनबाट भाग्न खोजेको टिप्पणी गर्नुभयो ।

अहिले स्थानीय तहको निर्वाचन सार्न प्रतिनिधिसभाको अर्लि इलेक्सनको चर्चा भइरहेको भन्दै महासचिव पोखरेलले पहिले स्थानीय तहको निर्वाचन गर्नुपर्ने बताउनुभयो ।

नेपालमा अस्थिरताको कारण धेरै राजनीति दल भएको बताउदै उहाँले अब जनताले दुई दलमध्ये एक रोज्नुपर्ने बताउनुभयो ।
अर्थतन्त्रलाई अघि बढाउन सरकार असफल भएको भन्दै महासचिव पोखरेलले मुलुकको सञ्चित कोष विपत्ति आए टार्न नसक्ने स्थितिमा पुगेको दावी गर्नुभयो ।

एमालेले फागुन २५ गते रंगेलीमा तराई मधेस केन्द्रित जनसभा गर्ने निर्णय भएको छ ।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५