सरकारले चुनाव गर्न नचाहेको एमाले महासचिव पोखरेलको आरोप

  • नेपाल राष्ट्रिय दैनिक
  • March 7, 2022
sankhar pokheral XTfLwH66Yd

नेकपा एमाले महासचिव शंकर पोखरेलले सरकारले चुनाव गर्न नचाहेको आरोप लगाउनुभएको छ ।

नेकपा एमाले मोरङ जिल्ला समितिले गरेको पत्रकार सम्मेलनमा उनले सरकार आवधिक निर्वाचनबाट भाग्न खोजेको टिप्पणी गर्नुभयो ।

अहिले स्थानीय तहको निर्वाचन सार्न प्रतिनिधिसभाको अर्लि इलेक्सनको चर्चा भइरहेको भन्दै महासचिव पोखरेलले पहिले स्थानीय तहको निर्वाचन गर्नुपर्ने बताउनुभयो ।

नेपालमा अस्थिरताको कारण धेरै राजनीति दल भएको बताउदै उहाँले अब जनताले दुई दलमध्ये एक रोज्नुपर्ने बताउनुभयो ।
अर्थतन्त्रलाई अघि बढाउन सरकार असफल भएको भन्दै महासचिव पोखरेलले मुलुकको सञ्चित कोष विपत्ति आए टार्न नसक्ने स्थितिमा पुगेको दावी गर्नुभयो ।

एमालेले फागुन २५ गते रंगेलीमा तराई मधेस केन्द्रित जनसभा गर्ने निर्णय भएको छ ।

Share :
hungarian pm viktor orban

हङ्गेरी सरकारले एकल मुद्राको रुपमा ‘युरो’ लागु नगर्ने

बुडापेस्ट- हङ्गेरीका प्रधानमन्त्री भिक्टर ओरबानले, हङ्गेरी सरकारले हाल एकल युरोपेली मुद्रा ‘युरो’ अपनाउने कुनै योजना नबनाएको बताएका छन् । युरोपेली संघ आफैं विघटनको खतरा सामना गरिरहेको बेला देशमा एकल मुद्राको रुपमा युरो लागु गर्नुको कुनै औचित्य नभएको उनले बताएका छन्। हङ्गेरी वाणिज्य तथा उद्योग चेम्बरको इकोनोमिक्स मनी टक पोडकास्टमा प्रकाशित अन्तर्वार्तामा प्रधानमन्त्री ओरबानले भने, “यो विषय मेरो कार्यसूचीमा पक्का रूपमा[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५