माओवादी केन्द्रमा ९७ केन्द्रीय सदस्य मनोनित

  • नेपाल राष्ट्रिय दैनिक
  • March 7, 2022
Maobadi Kendriya Samiti Baithak 5 1024x654 1

नेकपा माओवादी केन्द्रले केन्द्रीय समितिमा ९७ जना मनोनित गरेको छ । सोमबार बसेको केन्द्रीय समितिको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केन्द्रीय समितिमा ९७ जना थप गर्नुभएको हो ।

केन्द्रीय समितिमा अध्यक्ष प्रचण्डकी छोरी गंगा दाहाल, ज्वाईं जीवन आचार्य पनि मनोनित भएका छन् । त्यस्तै वाईसीएलका अध्यक्ष सुमन देवकोटा, प्रचण्डका स्वकीय सचिव रमेश मल्ल पनि केन्द्रीय सदस्यमा मनोनित भएका माओवादी केन्द्र स्रोतले जनाएको छ ।

माओवादी केन्द्रले गत पुसमा भएको महाधिवेशनबाट २३६ जना केन्द्रीय सदस्य चयन गरेको थियो ।

Share :
hungarian pm viktor orban

हङ्गेरी सरकारले एकल मुद्राको रुपमा ‘युरो’ लागु नगर्ने

बुडापेस्ट- हङ्गेरीका प्रधानमन्त्री भिक्टर ओरबानले, हङ्गेरी सरकारले हाल एकल युरोपेली मुद्रा ‘युरो’ अपनाउने कुनै योजना नबनाएको बताएका छन् । युरोपेली संघ आफैं विघटनको खतरा सामना गरिरहेको बेला देशमा एकल मुद्राको रुपमा युरो लागु गर्नुको कुनै औचित्य नभएको उनले बताएका छन्। हङ्गेरी वाणिज्य तथा उद्योग चेम्बरको इकोनोमिक्स मनी टक पोडकास्टमा प्रकाशित अन्तर्वार्तामा प्रधानमन्त्री ओरबानले भने, “यो विषय मेरो कार्यसूचीमा पक्का रूपमा[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५