नेपाली कांग्रेस सर्लाहीको चुनाव अनिश्चितकालका लागि स्थगित

  • नेपाल राष्ट्रिय दैनिक
  • March 7, 2022
NepaliCongress 20211001003900

नेपाली कांग्रेस सर्लाहीको चुनाव अनिश्चितकालका लागि स्थगित भएको छ । आचारसंहिता बनाउने विषयमा विवाद हुँदा सूचना टाँस गरेर चुनाव स्थगित गरिएको निर्वाचन समितिले जनाएको छ ।

आज सोमवारका लागि तय भएको चुनाव विशेष परिस्थितिका कारण गराउन नसकिएको भन्दै अर्को सूचना प्रकाशित नहुन्जेलसम्मका लागि कार्यक्रम स्थगित गरिएको भन्दै सूचना टाँस गरिएको हो ।

चुनाव स्थगित भएपछि तोकिएको समयमा मतदान गराउनुपर्ने भन्दै केही प्रतिनिधिले मतदान स्थल बाहिर नाराबाजी भएको छ ।

संस्थापन पक्षले इच्छाएको व्यक्तिलाई मतदान गर्न दिनपर्ने र संस्थापन इतर पक्षले इच्छाएको व्यक्तिको साटो परिवार वा नातागोतालाई मात्र मतदान गर्न दिनपर्ने अडान राखेपछि विवाद भएको हो ।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५