नेपाली कांग्रेस सर्लाहीको चुनाव अनिश्चितकालका लागि स्थगित

  • नेपाल राष्ट्रिय दैनिक
  • March 7, 2022
NepaliCongress 20211001003900

नेपाली कांग्रेस सर्लाहीको चुनाव अनिश्चितकालका लागि स्थगित भएको छ । आचारसंहिता बनाउने विषयमा विवाद हुँदा सूचना टाँस गरेर चुनाव स्थगित गरिएको निर्वाचन समितिले जनाएको छ ।

आज सोमवारका लागि तय भएको चुनाव विशेष परिस्थितिका कारण गराउन नसकिएको भन्दै अर्को सूचना प्रकाशित नहुन्जेलसम्मका लागि कार्यक्रम स्थगित गरिएको भन्दै सूचना टाँस गरिएको हो ।

चुनाव स्थगित भएपछि तोकिएको समयमा मतदान गराउनुपर्ने भन्दै केही प्रतिनिधिले मतदान स्थल बाहिर नाराबाजी भएको छ ।

संस्थापन पक्षले इच्छाएको व्यक्तिलाई मतदान गर्न दिनपर्ने र संस्थापन इतर पक्षले इच्छाएको व्यक्तिको साटो परिवार वा नातागोतालाई मात्र मतदान गर्न दिनपर्ने अडान राखेपछि विवाद भएको हो ।

Share :
hungarian pm viktor orban

हङ्गेरी सरकारले एकल मुद्राको रुपमा ‘युरो’ लागु नगर्ने

बुडापेस्ट- हङ्गेरीका प्रधानमन्त्री भिक्टर ओरबानले, हङ्गेरी सरकारले हाल एकल युरोपेली मुद्रा ‘युरो’ अपनाउने कुनै योजना नबनाएको बताएका छन् । युरोपेली संघ आफैं विघटनको खतरा सामना गरिरहेको बेला देशमा एकल मुद्राको रुपमा युरो लागु गर्नुको कुनै औचित्य नभएको उनले बताएका छन्। हङ्गेरी वाणिज्य तथा उद्योग चेम्बरको इकोनोमिक्स मनी टक पोडकास्टमा प्रकाशित अन्तर्वार्तामा प्रधानमन्त्री ओरबानले भने, “यो विषय मेरो कार्यसूचीमा पक्का रूपमा[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५