एमसीसीबारे स्थानीय निर्वाचनपछि छलफल गर्ने प्रचण्डको प्रस्ताव

  • नेपाल राष्ट्रिय दैनिक
  • March 7, 2022
Maoist Center CC Meeting 1024x683 1

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पार्टीभित्र मतभेद रहेको स्वीकार गर्दै एमसीसीका सन्दर्भमा देखिएका नोट अफ डिसेन्ट लगायतका विषयमा आगामी स्थानीय तहको निर्वाचनपछि छलफल गरिने प्रस्ताव गर्नुभएको छ ।

सबै विषयहरु पार्टी कार्यालयमा पार्टी सम्पत्तिको रुपमा दर्ज भएको भन्दै प्रचण्डले यसबारे आगामी वैशाखमा हुने स्थानीय तहको निर्वाचनपछि छलफल गर्ने प्रस्ताव गर्नुभएको हो ।

उनले आवश्यक पर्दा संघीय चुनावपछि विशेष महाधिवेशन राख्न सकिने पनि बताउनुभयो । प्रचण्डले केन्द्रीय समिति बैठक आगामी जेठ २० गतेलाई प्रस्ताव गरेका छन् ।

Share :
hungarian pm viktor orban

हङ्गेरी सरकारले एकल मुद्राको रुपमा ‘युरो’ लागु नगर्ने

बुडापेस्ट- हङ्गेरीका प्रधानमन्त्री भिक्टर ओरबानले, हङ्गेरी सरकारले हाल एकल युरोपेली मुद्रा ‘युरो’ अपनाउने कुनै योजना नबनाएको बताएका छन् । युरोपेली संघ आफैं विघटनको खतरा सामना गरिरहेको बेला देशमा एकल मुद्राको रुपमा युरो लागु गर्नुको कुनै औचित्य नभएको उनले बताएका छन्। हङ्गेरी वाणिज्य तथा उद्योग चेम्बरको इकोनोमिक्स मनी टक पोडकास्टमा प्रकाशित अन्तर्वार्तामा प्रधानमन्त्री ओरबानले भने, “यो विषय मेरो कार्यसूचीमा पक्का रूपमा[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५