माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक आज बस्ने

  • नेपाल राष्ट्रिय दैनिक
  • March 7, 2022
Maoist Center CC Meeting 1024x683 1

सत्तारुढ नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक आज बस्ने भएको छ ।

शुक्रबारदेखि सुरु भएको माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आईतवार दुई पटकसम्म स्थगित भएपछी बैठक आजको लागि तय गरिएको थियो । बैठक आज बिहान ११ बजे बस्ने नेकपा (माओवादी) केन्द्रीय कार्यालयका सचिवको जानकारी अनुसार आजको बैठक बिहान ११ बजे बस्नेछ । सचिवालयका अनुसार आजको बैठकमा केन्द्रीय कमिटीको पूर्णता, पोलिटब्युरोको गठन र स्थायी कमिटी गठनका विषयमा छलफल हुनेछ ।
गत शुक्रबारको बैठकमा एमसीसीको विषयमा चर्को बहस भएको थियो ।
माओवादीले पदाधिकारीसहित स्थायी समिति चयनको तयारी सुरु गरेको छ । माओवादीले आठौं महाधिवेशनबाट २४७ केन्द्रीय सदस्य चयन गरिसकेको छ ।

Share :
parliament 20200408095138 afmcMMikPO

निरन्तर स्थगित हुँदै आएको प्रतिनिधिसभाको बैठक आज बस्दै

प्रतिपक्षी र सत्तारुढ दलको अडानका कारण निरन्तर स्थगित हुँदै आएको प्रतिनिधिसभाको बैठक आज बस्ने भएको छ । बैठक आज दिउँसो एक बजे बस्ने गरी तय गरिएको संसद सचिवालयले जनाएको छ । भिजिट भिसा प्रकरणले प्रतिनिधिसभा बैठक निरन्तर अवरुद्ध हुँदै आएको छ । शुक्रबार १ बजेका लागि बोलाइएको बैठक पनि बस्दै नबसी सूचना टाँसेर आजसम्मका लागि स्थगित गरिएको थियो । संसद[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५