माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक आज बस्ने

  • नेपाल राष्ट्रिय दैनिक
  • March 7, 2022
Maoist Center CC Meeting 1024x683 1

सत्तारुढ नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक आज बस्ने भएको छ ।

शुक्रबारदेखि सुरु भएको माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आईतवार दुई पटकसम्म स्थगित भएपछी बैठक आजको लागि तय गरिएको थियो । बैठक आज बिहान ११ बजे बस्ने नेकपा (माओवादी) केन्द्रीय कार्यालयका सचिवको जानकारी अनुसार आजको बैठक बिहान ११ बजे बस्नेछ । सचिवालयका अनुसार आजको बैठकमा केन्द्रीय कमिटीको पूर्णता, पोलिटब्युरोको गठन र स्थायी कमिटी गठनका विषयमा छलफल हुनेछ ।
गत शुक्रबारको बैठकमा एमसीसीको विषयमा चर्को बहस भएको थियो ।
माओवादीले पदाधिकारीसहित स्थायी समिति चयनको तयारी सुरु गरेको छ । माओवादीले आठौं महाधिवेशनबाट २४७ केन्द्रीय सदस्य चयन गरिसकेको छ ।

Share :
hungarian pm viktor orban

हङ्गेरी सरकारले एकल मुद्राको रुपमा ‘युरो’ लागु नगर्ने

बुडापेस्ट- हङ्गेरीका प्रधानमन्त्री भिक्टर ओरबानले, हङ्गेरी सरकारले हाल एकल युरोपेली मुद्रा ‘युरो’ अपनाउने कुनै योजना नबनाएको बताएका छन् । युरोपेली संघ आफैं विघटनको खतरा सामना गरिरहेको बेला देशमा एकल मुद्राको रुपमा युरो लागु गर्नुको कुनै औचित्य नभएको उनले बताएका छन्। हङ्गेरी वाणिज्य तथा उद्योग चेम्बरको इकोनोमिक्स मनी टक पोडकास्टमा प्रकाशित अन्तर्वार्तामा प्रधानमन्त्री ओरबानले भने, “यो विषय मेरो कार्यसूचीमा पक्का रूपमा[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५