पल शाह प्रकरण :पीडकको पक्षमा भ्रामक अभियान चलाउनेलाई कारबाही गर्न महिला सांसदहरुको माग

  • नेपाल राष्ट्रिय दैनिक
  • March 6, 2022
Balkrishna khad 4

नाबालिगमाथि जबरजस्ती करणी गरेको आरोप लागेका अभिनेता पल शाहको पक्षमा अभियान चलाउनेहरूलाई कारबाहीको दायरामा ल्याउन महिला सांसदहरूले गृहमन्त्री बालकृष्ण खाँणको ध्यानाकर्षण गराएका छन् ।

काँग्रेस सांसद डिना उपाध्याय महालक्ष्मी, रंगमति शाही, एमाले सांसद बिन्दा पाण्डे लगायत आइतबार मन्त्रालय नै पुगेर गृहमन्त्रीको ध्यानाकर्षण गराएका हुन् ।

पीडितलाई थप पिडा दिने गरी पीडकको पक्षमा भ्रामक अभियान चलाउनेलाई कारबाहीको दायरामा ल्याउन आफूहरूले गृहमन्त्रीसमक्ष माग गरेको सांसद पाण्डेले बताउनुभयो ।

पल शाह प्रकरणमा विशेष गरेर सामाजिक सञ्जाललगायत युट्युब च्यानलहरू मार्फत नाबालिगको परिचय खुल्ने गरी भ्रामक सामग्रीहरू प्रकाशित गरिएका थिए ।

शाह थुनामा रहेको तनहुँ जिल्ला प्रहरी कार्यालय अगाडि युट्युबरहरुको भिड नै लागेर आपत्तिजनक सामग्रीहरू प्रसारण भएपछि प्रेस काउन्सिल, नेपाल प्रहरीको साइबर ब्युरो, गृह मन्त्रालयसमेतले कारबाहीको चेतावनी दिँदै विज्ञप्ति नै जारी गरेको थियो ।

Share :
hungarian pm viktor orban

हङ्गेरी सरकारले एकल मुद्राको रुपमा ‘युरो’ लागु नगर्ने

बुडापेस्ट- हङ्गेरीका प्रधानमन्त्री भिक्टर ओरबानले, हङ्गेरी सरकारले हाल एकल युरोपेली मुद्रा ‘युरो’ अपनाउने कुनै योजना नबनाएको बताएका छन् । युरोपेली संघ आफैं विघटनको खतरा सामना गरिरहेको बेला देशमा एकल मुद्राको रुपमा युरो लागु गर्नुको कुनै औचित्य नभएको उनले बताएका छन्। हङ्गेरी वाणिज्य तथा उद्योग चेम्बरको इकोनोमिक्स मनी टक पोडकास्टमा प्रकाशित अन्तर्वार्तामा प्रधानमन्त्री ओरबानले भने, “यो विषय मेरो कार्यसूचीमा पक्का रूपमा[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५