पल शाह प्रकरण :पीडकको पक्षमा भ्रामक अभियान चलाउनेलाई कारबाही गर्न महिला सांसदहरुको माग

  • नेपाल राष्ट्रिय दैनिक
  • March 6, 2022
Balkrishna khad 4

नाबालिगमाथि जबरजस्ती करणी गरेको आरोप लागेका अभिनेता पल शाहको पक्षमा अभियान चलाउनेहरूलाई कारबाहीको दायरामा ल्याउन महिला सांसदहरूले गृहमन्त्री बालकृष्ण खाँणको ध्यानाकर्षण गराएका छन् ।

काँग्रेस सांसद डिना उपाध्याय महालक्ष्मी, रंगमति शाही, एमाले सांसद बिन्दा पाण्डे लगायत आइतबार मन्त्रालय नै पुगेर गृहमन्त्रीको ध्यानाकर्षण गराएका हुन् ।

पीडितलाई थप पिडा दिने गरी पीडकको पक्षमा भ्रामक अभियान चलाउनेलाई कारबाहीको दायरामा ल्याउन आफूहरूले गृहमन्त्रीसमक्ष माग गरेको सांसद पाण्डेले बताउनुभयो ।

पल शाह प्रकरणमा विशेष गरेर सामाजिक सञ्जाललगायत युट्युब च्यानलहरू मार्फत नाबालिगको परिचय खुल्ने गरी भ्रामक सामग्रीहरू प्रकाशित गरिएका थिए ।

शाह थुनामा रहेको तनहुँ जिल्ला प्रहरी कार्यालय अगाडि युट्युबरहरुको भिड नै लागेर आपत्तिजनक सामग्रीहरू प्रसारण भएपछि प्रेस काउन्सिल, नेपाल प्रहरीको साइबर ब्युरो, गृह मन्त्रालयसमेतले कारबाहीको चेतावनी दिँदै विज्ञप्ति नै जारी गरेको थियो ।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५