प्रधानन्यायाधीश जबरा विरुद्ध परेको महाभियोगमा छानविन सुरु

  • नेपाल राष्ट्रिय दैनिक
  • March 6, 2022
Cholendra rana1628422419 20211026131825

प्रतिनिधिसभाले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध परेको महाअभियोग प्रस्ताव सम्बन्धमा ‘महाभियोग सिफारिस समिति’ गठन गरेको छ ।

आज बसेको प्रतिनिधिसभा बैठकले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्धको महाभियोगमा छानविन गर्न ११ सदस्यीय समिति गठन गरेको छ।

प्रमुख प्रतिपक्षी नेकपा एमालेले लगातार संसद अवरोध गर्दै आएको भएपनी महाभियोगको छानविन गर्न बनेको ११ सदस्यीय समिति गठनमा भने सहमती जनाएको छ । प्रमुख प्रतिपक्षी नेकपा एमालेकै सहमतिमा कार्यव्यवस्था परामर्श समितिले सबै दलका प्रतिनिधि राखेर ११ सदस्यीय समिति गठनको एजेण्डा तय गरेको थियो।

आज गठन भएको महाअभियोग सिफारिस समितीमा एमालेको तर्फबाट विष्णु पौडेल,लालबाबु पण्डित,शिवमाया तुम्बाहाम्फे र कृष्णभक्त पोखरेल रहेका छन् भने कांग्रेसको तर्फबाट मिनबहादुर विक र रामबहादुर विष्ट रहेका छन् । त्यसैगरि माओवादीका यसोदा सुवेदी,रेखा शर्मा नेकपा एसकी कल्याणी खड्का, लोसपाका एकवाल मियाँ र जसपाका प्रमोद शाह रहेका छन् ।

प्रतिनिधिसभाको अर्को बैठक यही फागुन २९ गते आइतबार दिउँसो १ बजेका लागि बोलाइएको छ ।

Share :
hungarian pm viktor orban

हङ्गेरी सरकारले एकल मुद्राको रुपमा ‘युरो’ लागु नगर्ने

बुडापेस्ट- हङ्गेरीका प्रधानमन्त्री भिक्टर ओरबानले, हङ्गेरी सरकारले हाल एकल युरोपेली मुद्रा ‘युरो’ अपनाउने कुनै योजना नबनाएको बताएका छन् । युरोपेली संघ आफैं विघटनको खतरा सामना गरिरहेको बेला देशमा एकल मुद्राको रुपमा युरो लागु गर्नुको कुनै औचित्य नभएको उनले बताएका छन्। हङ्गेरी वाणिज्य तथा उद्योग चेम्बरको इकोनोमिक्स मनी टक पोडकास्टमा प्रकाशित अन्तर्वार्तामा प्रधानमन्त्री ओरबानले भने, “यो विषय मेरो कार्यसूचीमा पक्का रूपमा[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५