एक महिलामाथि बलात्कार गरेको कसुरमा प्रहरीको नियन्त्रणमा रहेका मुगुका एमाले सांसद मोहन बानियाँ निलम्बित भएका छन् ।
आज बसेको प्रतिनिधि सभाको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले सांसद बानियाँ निलम्बित भएको जानकारी दिनुभयो ।
जिल्ला प्रहरी कार्यालय बाँकेको पत्रका आधारमा सांसद बानियाँ निलम्बन गरिएको सभामुखले जानकारी दिनुभयो ।
फागुन १६ देखि सांसद बानियाँ प्रहरी नियन्त्रणमा रहेका छन् ।
आफ्नो प्रतिक्रिया दिनुहोस्