माओवादीको केन्द्रीय समिति बैठक स्थगित

  • नेपाल राष्ट्रिय दैनिक
  • March 6, 2022
Maoist Center CC Meeting 1024x683 1

नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक स्थगित भएको छ ।

आज बिहान ११ बजेका लागि बोलाइएको बैठक दिउँसो २ बजे बस्ने गरि सरेपनि स्थगित नै गरिएको हो ।

बैठकको तयारी नपुगेको तथा नेताहरुबीच आन्तरिक तयारी गर्नुपर्ने भएपनि बैठक स्थगित गरिएको बताइएको छ ।

अर्को बैठक अब सोमबार बिहान ११ बजे बस्ने तय भएको एक नेताले जानकारी दिएका छन् ।

शुक्रबारदेखि सुरु भएको माओवादी केन्द्रको केन्द्रीय समिति बैठकमा पहिलो दिन अध्यक्ष प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठले सम्बोधन गर्नुभएको थियो ।

Share :
parliament 20200408095138 afmcMMikPO

निरन्तर स्थगित हुँदै आएको प्रतिनिधिसभाको बैठक आज बस्दै

प्रतिपक्षी र सत्तारुढ दलको अडानका कारण निरन्तर स्थगित हुँदै आएको प्रतिनिधिसभाको बैठक आज बस्ने भएको छ । बैठक आज दिउँसो एक बजे बस्ने गरी तय गरिएको संसद सचिवालयले जनाएको छ । भिजिट भिसा प्रकरणले प्रतिनिधिसभा बैठक निरन्तर अवरुद्ध हुँदै आएको छ । शुक्रबार १ बजेका लागि बोलाइएको बैठक पनि बस्दै नबसी सूचना टाँसेर आजसम्मका लागि स्थगित गरिएको थियो । संसद[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५