युवकको मृत्युपछि वीरेन्द्रनगरमा प्रदर्शन, बजारमा प्रहरीको बाक्लो उपस्थिती

  • नेपाल राष्ट्रिय दैनिक
  • March 6, 2022
Birendranagar 1

शुक्रबार साँझ सामान्य विवादमा प्रहरीले कुटाइ खाएका तिलागुफा नगरपालिका-३ का २५ वर्षीय कृष्ण हमालको शनिबार बिहान मृत्यु भएपछि वीरेन्द्रनगर बजार र सडक बन्द गरेर प्रदर्शन गरेका छन् ।

परिवार, आफन्तसहित प्रदर्शनकारीले प्रहरीको निर्घात कुटाइबाट हमालको मृत्यु भएको भन्दै दोषी पहिचान गरेर कारबाही गर्नुपर्ने माग राखेका छन् ।

वीरेन्द्रनगर बजारको प्रवेशद्वार सुब्बाकुनाका प्रहरीले हमाललाई कुटेर हत्या गरेको उनीहरूको आरोप छ ।

सुर्खेतबाट लामो तथा छोटो दूरीका कुनै पनि सवारीसाधन अहिले सञ्चालनमा आएका छैनन् । बसपार्कको दुवैतिर प्रहरी तैनाथ गरिएको छ भने चोकचोकमा बाक्लो मात्रामा प्रहरी खटाइएको छ ।

Share :
hungarian pm viktor orban

हङ्गेरी सरकारले एकल मुद्राको रुपमा ‘युरो’ लागु नगर्ने

बुडापेस्ट- हङ्गेरीका प्रधानमन्त्री भिक्टर ओरबानले, हङ्गेरी सरकारले हाल एकल युरोपेली मुद्रा ‘युरो’ अपनाउने कुनै योजना नबनाएको बताएका छन् । युरोपेली संघ आफैं विघटनको खतरा सामना गरिरहेको बेला देशमा एकल मुद्राको रुपमा युरो लागु गर्नुको कुनै औचित्य नभएको उनले बताएका छन्। हङ्गेरी वाणिज्य तथा उद्योग चेम्बरको इकोनोमिक्स मनी टक पोडकास्टमा प्रकाशित अन्तर्वार्तामा प्रधानमन्त्री ओरबानले भने, “यो विषय मेरो कार्यसूचीमा पक्का रूपमा[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५