वन्यजन्तु संरक्षणका लागि नेपाल भारत बैठक सम्पन्न

  • नेपाल राष्ट्रिय दैनिक
  • March 2, 2022
animals trafficking

वन्यजन्तु संरक्षणका विषयमा अनुभव आदान प्रदान गर्न नेपाल र भारतका अधिकारीका बीचमा समन्वयात्मक बैठक सम्पन्न भएको छ ।

दुईदेश बीचको स्थानीयस्तरको अन्तरसीमा स्तरीय समन्वयात्मक सो बैठक भारतको वाल्मीकि टाइगर रिजर्बको मङ्गुराहमा आयोजना भएको हो ।

नेपालतर्फ चितवन राष्ट्रिय निकुञ्ज र भारततर्फ वाल्मीकि टाईगर रिजर्बले संयुक्त रुपमा सो बैठकको संयोजन गरेका थिए । निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यका नेतृत्वमा यहाँका टोलि र वाल्मीकि टाईगर रिजर्ब फिल्ड डाईरेक्टर डा के नेशमनिले भारतको तर्फबाट नेतृत्व गर्नुभएको थियो ।

बैठकमा सहभागी संरक्षण अधिकृत आचार्यका अनुसार वन्यजन्तु आवतजावतमा आवश्यक व्यवस्थापनका विषय, मानव वन्यजन्तुबीचको द्वन्द्व न्यूनीकरण र चोरीशिकारका विषयमा सूचना आदानप्रदान, आपसी सहयोगमा अभिवृद्धि जस्ता विषयमा छलफल भएको छ । वन र वन्यजन्तु संरक्षणका क्रममा सीमा क्षेत्रमा कुनै समस्या आइपरेमा तत्काल सम्बन्धित अधिकारीकाबीचमा छलफल गरेर समाधान गर्ने विषयमा वृहत छलफल भएको उहाँले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो,“संरक्षणका क्रममा समस्या भएमा तत्काल समाधानका विषयमा छलफल भएको छ ।” दुई देशका अधिकारीकाबीचमा नियमित भौतिक उपस्थितिमा बैठक हुने गरेकोमा कोभिडका कारण दुई वर्षदेखि जुममार्फत् मात्रै हुने गरेको थियो । यस प्रकारका बैठक विगतमा वर्षमा तीन पटकसम्म हुने गरेको उहाँले जानकारी दिनुभयो ।

बैठकमा नेपालका तर्फबाट पर्सा राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत, नवलपरासी (बर्दघाट–सुस्ता पूर्व)का डिभिजन वन कार्यालय प्रमुख, विश्व वन्यजन्तु कोष, राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहा, जेडएसएल लगायतका संस्थाका प्रमुख एवं प्रतिनिधि बैठकमा सहभागी हुनुभएको थियो ।

भारततर्फका वाल्मीकि टाईगर रिर्जबका डाईरेक्टर डा नेशमनिल, विश्व वन्यजन्तु कोष भारतका रेन्ज अफिसर लगायतको उपस्थिति रहेको थियो ।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५