सभामुख सापकोटाले राजीनामा नदिए एमालेले महाभियोग पनि लगाउन सक्छ : ओली

  • नेपाल राष्ट्रिय दैनिक
  • March 1, 2022
116186685 kp oli

सभामुख अग्निप्रसाद सापकोटाले राजीनामा दिनुपर्ने, नदिए महाभियोग लगाउन पनि सकिने नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बताउनुभएको छ ।

आज आयोजित पत्रकार सम्मेलनमा उनले सभामुखको क्रियाकलाप अनुचित रहेको जिकिर गर्नुभएको हो ।

अ‍ोलीले सत्ता गठबन्धनले जस्तो राजनीति एमालेले नगर्ने पनि बताउनुभयो । गठबन्धनमा रहेका दलहरु एक्लै चुनावमा जान सक्ने हैसियतमा नरहेको जिकिर गर्दै ओलीले कमजोर भएकैले गठबन्धन खोजेको बताउनुभयो ।ओलीले उनीहरु गठबन्धन बनाएर वा एक्लै जसरी गएपनि त्यसमा एमालेलाई कुनै फरक नपर्ने बताउनुभयो ।

Share :
hungarian pm viktor orban

हङ्गेरी सरकारले एकल मुद्राको रुपमा ‘युरो’ लागु नगर्ने

बुडापेस्ट- हङ्गेरीका प्रधानमन्त्री भिक्टर ओरबानले, हङ्गेरी सरकारले हाल एकल युरोपेली मुद्रा ‘युरो’ अपनाउने कुनै योजना नबनाएको बताएका छन् । युरोपेली संघ आफैं विघटनको खतरा सामना गरिरहेको बेला देशमा एकल मुद्राको रुपमा युरो लागु गर्नुको कुनै औचित्य नभएको उनले बताएका छन्। हङ्गेरी वाणिज्य तथा उद्योग चेम्बरको इकोनोमिक्स मनी टक पोडकास्टमा प्रकाशित अन्तर्वार्तामा प्रधानमन्त्री ओरबानले भने, “यो विषय मेरो कार्यसूचीमा पक्का रूपमा[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५