नयाँ बानेश्वरस्थित संसद भवन अगाडिको मुख्य सडकमा शंकास्पद वस्तु भेटिएको छ ।
काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी दिनेशराज मैनालीका अनुसार प्रेसर कुकुर जस्तो देखिने शंकास्पद वस्तुमा एमसीसी लेखिएको छ ।
शंकास्पद वस्तु भेटिएपछि उक्त क्षेत्रलाई सुरक्षा दिइएको छ । मुख्य सडक बन्द गरिएको छ । उक्त वस्तु निष्क्रिय पार्नका लागि नेपाली सेनाको डिस्फोजल टोलीले जान लागेको एसपी मैनालीले बताउनुभयो।
आफ्नो प्रतिक्रिया दिनुहोस्