स्थानीय तह चुनावका लागि निर्वाचन आयोगमा ८० दलको निवेदन

  • नेपाल राष्ट्रिय दैनिक
  • February 28, 2022
Nirwachan 1

वैशाख ३० गते हुने स्थानीय तह चुनावको लागि ८० वटा राजनीतिक दलले दल दर्ताको लागि निर्वाचन आयोगमा निवेदन दिएका छन् ।

फागुन ५ गतेदेखि हिजो १५ गतेसम्मको समयसीमामा ८० वटा राजनीतिक दलले दर्ताको लागि निवेदन दिएका आयोगले जनाएको छ ।

आयोगमा नेकपा एमाले, नेपाली कांग्रेस, एकीकृत समाजवादी लगायतका दलले दर्ताको लागि निवेदन दिएका छन् । दल दर्ताको लागि निवेदन दिने समय सकिएको छ । दल दर्ताको लागि आएका निवेदन अध्ययन गरेर अबको एक हप्ताभित्र दलका नाम राजपत्रमा प्रकाशित गरिने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो ।

आयोगबाट १ सय ११ दलले मान्यता पाएका भए पनि ८० दलले मात्रै दर्ताको लागि निवेदन दिएका हुन् ।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५