युक्रेनका लागि अब २४ घण्टा महत्वपूर्ण छ : राष्ट्रपति जेलेन्स्की

  • नेपाल राष्ट्रिय दैनिक
  • February 28, 2022
ukraine president 7

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनका लागि अबको २४ घण्टा महत्वपूर्ण हुने बताएका छन् ।

जेलेन्स्कीले बेलायती प्रधानमन्त्री बोरिस जोनसनसँगको टेलिफोन कुराकानीमा अबको २४ घण्टा युक्रेनका लागि महत्वपूर्ण हुने बताएका हुन् ।

आज बेलारुसको सीमा नजिकै युक्रेन र रुसका प्रतिनिधिबीच वार्ता हुन लागिरहेका बेला उनको पछिल्लो भनाइ आएको हो । तर वार्ताका लागि युक्रेन तयार भएपछि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आणविकसहित अन्य भारी हतियारलाई विशेष सतर्कतामा रहन निर्देशन दिएका छन् ।

पुटिनले नेटोका सदस्य राष्ट्रले आक्रामक अभिव्यक्ति दिएको भन्दै आणविक हतियार सतर्क अवस्थामा रहन भनेका हुन् ।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५