युक्रेनमाथिको संयुक्त राष्ट्रसंघीय सुरक्षा कारबाहीमा रुसद्वारा भिटो प्रयोग

  • नेपाल राष्ट्रिय दैनिक
  • February 26, 2022
United Nations 4 20191212174357

युक्रेन सम्बन्धी संयुक्त राष्ट्र सुरक्षा परिषद्को प्रस्तावमा रुसले भिटोको प्रयोग गरेको छ। प्रस्तावको पक्षमा ११ सदस्यले मतदान गरेका छन् । भारत, चीन र युएई भने अनुपस्थित थिए ।

युक्रेनले रुसी आक्रमण रोक्न र आफ्ना सेना फिर्ता गर्ने पक्षमा मतदान गरेको थियो ।रुस सुरक्षा परिषद्का पाँच स्थायी सदस्यमध्ये एक हो। सुरक्षा परिषद्का स्थायी सदस्यहरू रुससँगै अमेरिका, चीन, फ्रान्स र बेलायत छन्। उनीहरूसँग भिटो शक्ति प्रयोग गर्ने अधिकार छ।

सुरक्षा परिषद्को बैठकमा रुसी राजदूतले युक्रेनमा भएको आक्रमणको बचाउ गर्दै यो डोनबास क्षेत्रमा युक्रेनी नागरिकको सुरक्षा गर्ने उद्देश्यले भएको बताएका थिए भेन अमेरिकी राजदूतले युक्रेनमा भएको आक्रमणको निन्दा गर्दै रुसले भिटोको दुरुपयोग गरेको बताए ।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५