सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला एक हजारले घटेर ९८ हजार तोकिएको छ । पहेँलो धातुको अघिल्लो दिन प्रतितोला ९९ हजारमा कारोबार भएको थियोे ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार ५०० तोकिएको छ । बिहीबार यसको मूल्य प्रतितोला ९८ हजार ५०० थियो ।
त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला २० ले घटेर रु एक हजार ३३५ पुगेको महासङ्घले जनाएको छ ।
आफ्नो प्रतिक्रिया दिनुहोस्