आगामी तीन दिनको मौसम पूर्वानुमान

  • नेपाल राष्ट्रिय दैनिक
  • February 25, 2022
mausam

मौसम पुर्वानुमान महाशाखाको अनुसार हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ ।

हाल मौसमको अवस्था (Present Weather Status)

देशको सुदुर पश्चिम, कर्णाली, गण्डकी,  बागमती  र प्रदेश १ मा आंशिक देखि सामान्य बदली रही बाकी भू-भागमा आंशिक बदली रहेको छ।  

२०७८ फागुन १३ गते (शुक्रबार)

दिउँसो : देशको सुदूर पश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी, बागमती र प्रदेश १ को उच्च पहाडी र हिमाली भू-भागमा आंशिक देखि सामान्य बदली रही देशका अन्य भू-भागमा आंशिक बदली रहनेछ । सुदूर पश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी, बागमती र प्रदेश १ का धेरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ । देशको उच्च पहाडी र हिमाली भू-भागका केही स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ ।

राती : देशको सुदूर पश्चिम लगायत कर्णाली, लुम्बिनी, गण्डकी र प्रदेश १ उच्च पहाडी र हिमाली भू-भागमा आंशिक देखि सामान्य बदली रही अन्य भू-भागमा आंशिक बदली रहनेछ । सुदूर पश्चिम,कर्णाली, गण्डकी, बागमती र प्रदेश १ का थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ । देशको उच्च पहाडी र हिमाली भू-भाग का केही स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ ।

२०७८ फागुन १४ गते (शनिबार)

दिउँसो : देशको सुदूर पश्चिम र कर्णाली प्रदेशभरि तथा कर्णाली, गण्डकी, बागमती र प्रदेश १ का उच्च पहाडी र हिमाली भू-भागमा आंशिक देखि सामान्य बदली रही अन्य भू-भागमा आंशिक बदली रहनेछ। सुदूर पश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी, बागमती र प्रदेश १ का पहाडी भू-भागमा केही स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना  रहेको छ । देशको उच्च पहाडी र हिमाली भू-भागका केही स्थानहरूमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ ।

राती : देशको सुदूर पश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही अन्य भू-भागमा आंशिक बदली रहनेछ । सुदूर पश्चिमको पहाडी भू-भागका केही स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।सुदूर पश्चिम, कर्णाली, गण्डकी र प्रदेश १ का उच्च पहाडी र हिमाली भू-भागका केही स्थानमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ ।

२०७८ फागुन १५ गते  (आईतबार)

दिउँसो : देशको सुदूर पश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी, बागमती र प्रदेश १ का उच्च पहाडी र हिमाली भू-भागमा आंशिक देखि सामान्य बदली रही अन्य भू-भागमा आंशिक बदली रहनेछ । सुदूर पश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी, बागमती र प्रदेश १ का पहाडी भू-भागमा थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना  रहेको छ । देशको उच्च पहाडी र हिमाली भू-भागका धेरै स्थानहरूमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ ।

राती : देशको सुदूर पश्चिम, कर्णाली, गण्डकी, बागमती र प्रदेश १ का उच्च पहाडी र हिमाली भू-भागमा आंशिक देखि सामान्य बदली रही अन्य भू-भागमा सामान्यतया सफा रहनेछ । देशको उच्च पहाडी र हिमाली भू-भागका केही स्थानहरूमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श 

सुदूर पश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी, बागमती र प्रदेश १ का धेरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का  वर्षाको सम्भावना रहेको छ र देशको उच्च पहाडी र हिमाली भू-भागका केही स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेकोले त्यसको प्रभावहरूबाट जोगिन आवश्यक सुरक्षा तथा सतर्कता अपनाउनु हुन अनुरोध छ।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५