राष्ट्रिय जनगणना सकिएको ६ महिनापछि हुने राष्ट्रिय कृषि गणनाको तयारी सुरु भएको छ । केन्द्रीय तथ्यांक विभागका अनुसार यस पटक आगामी वैशाखमा सातौं कृषि गणना हुने भएको हो ।
राष्ट्रिय कृषि गणनाका लागि सुपरिवेक्षक र गणक भर्ना गर्ने प्रक्रिया थालिएको विभागका निर्देशक बद्रीकुमार कार्कीले जानकारी दिनुभयो । कार्कीका अनुसार देशभर ५ हजार २३ जना गणक कृषि गणनाका लागि खटिने छन् ।
उनीहरुको सहजीकरणका लागि १ हजार २ सय ८० जना सुपरिवेक्षकहरु खटिने भएका छन् ।
आफ्नो प्रतिक्रिया दिनुहोस्