बुधबार दोहोरो अंकले घटेको सेयर बजार साताको अन्तिम दिन बिहीबार पनि घटेको छ । नेप्से परिसूचक ५८ दशमलव ९९ अंकले घटेर २ हजार ६ सय ६१ दशमलव ४४ अंकमा झरेको छ ।
‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि १० दशमलव ३६ अंकले घटेको छ । नेप्से परिसूचक घटेपनि सेयर कारोबार रकममा भने बुधबारको भन्दा सुधार भएको छ । बुधबार ३ अर्बको कारोबार भएकोमा बिहीबार कारोबार रकम ४ अर्ब नाघ्यो ।
दिनभर भएका ६५ हजार ११ कारोबारबाट २२९ कम्पनीका ८४ लाख ९० हजार ६८९ कित्ता सेयर किनबेच भएका छन् । जसअनुसार कारोबार रकम ४ अर्ब २९ करोड ३८ लाख ६४ हजार १९२ रुपैयाँ पुगेको छ ।
आफ्नो प्रतिक्रिया दिनुहोस्