विरोध प्रदर्शनलाई संयमित बनाउन आयोगको आग्रह

  • नेपाल राष्ट्रिय दैनिक
  • February 24, 2022
national human rights commission

?????????????????????????????

राष्ट्रिय मानव अधिकार आयोगले नागरिकको शान्तिपूर्ण विरोध प्रदर्शन गर्न पाउने मानव अधिकारको सम्मान गर्न र विरोध प्रदर्शनलाई संयमित बनाउन आग्रह गरेको छ ।

आयोगका प्रवक्ता डा.टीकाराम भट्टराइद्वारा आज यहाँ जारी प्रेस विज्ञप्तिमा विरोध प्रदर्शन गर्दा बल प्रयोग नगर्न र शान्ति सुरक्षा कायम गर्दा संयमित हुन सरकार एवमं सम्बद्ध निकायलाई आग्रह गरिएको छ ।

विज्ञप्तिमा भनिएको छ, “आफ्नो विरोध प्रदर्शनलाई शान्तिपूर्ण बनाउन, सर्वसाधारण व्यक्तिका सम्पत्ति र भौतिक संरचनाहरुमा क्षति नपु¥याउन, विरोध प्रदर्शन गर्दा संयमित हुन तथा आफ्नो अधिकारको प्रयोग गर्दा अरुको अधिकारको उपभोगमा अवरोध नपु¥याउन आयोग विरोध प्रदर्शनमा उत्रिएका राजनीतिक दल, राजनीतिक दलका भातृ सङ्गठन तथा सर्वसाधारणलाई आग्रह गर्दछ ।”

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५