बागमती प्रदेश सरकारले विभाजित मन्त्रालयका लागि करिब ६ करोड रुपैयाँ बराबरको सवारी साधन खरिद गरेको छ ।
थपिएका मन्त्रालयका मन्त्री तथा सचिवहरुका लागि चालु आर्थिक वर्षमा मात्र सरकारले ५ करोड ७४ लाख १६ हजार रुपैयाँको सवारी साधन खरिद गरेको हो ।
सरकारले माघ महिनासम्म सो रकम बराबरको गाडी प्रदेशका मन्त्रालय, मन्त्री र सचिवहरुका लागि खरिद गरेको आर्थिक मामिला तथा योजना मन्त्रालयले जनाएको छ ।
हाल बागमती प्रदेशमा माओवादी केन्द्र, काँग्रेस र नेकपा (एकीकृत समाजवादी) सहितको गठबन्धन सरकार छ । मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डे नेतृत्वको सरकारले मन्त्रीहरु तथा विभाजन गरिएका मन्त्रालयका सचिवहरुका लागि १० वटा गाडी खरिद गरेको हो ।
हाल सत्ता गठबन्धनमा रहेका दलहरुलाई भागबण्डा पुर्याउन मुख्यमन्त्री पाण्डेले गत मंसिर १५ गते मन्त्रिपरिषद्को बैठकबाट निर्णय गर्दै प्रदेशमा यस अघि कायम रहेका ८ वटा मन्त्रालयलाई विभाजन गरी १४ पु¥याएका थिए ।
आफ्नो प्रतिक्रिया दिनुहोस्