माओवादी केन्द्र र नेकपा समाजवादी एमसीसीको विपक्षमा उभिने भएका छन् । प्रतिनिधि सभामा आजबाट एमसीसीमाथि सैद्धान्तिक छलफल हुँदैछ ।
त्यसअघि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहित सम्मानित नेता झलनाथ खनालबीच बिहीबार बिहान भएको छलफलमा दुवै दलका सांसदहरु एमसीसीको विपक्षमा एकताबद्ध भएर उभिने सहमति भएको हो ।
‘एमसीसीमाथि प्रतिनिधिसभामा आजबाट छलफल हुँदैछ । संशोधनबिना एमसीसी अनुमोदन गर्न नहुने हाम्रो मत रहँदै आएको छ ।
माओवादी र एकीकृत समाजवादीमा एमसीसीको विपक्षमा उभिन शीर्ष नेताहरूमाथि चर्को दवाव छ ।
आफ्नो प्रतिक्रिया दिनुहोस्