एमसीसी विरुद्ध संसद घेराउ गर्ने विभिन्न पार्टी र मोर्चाको तयारी

  • नेपाल राष्ट्रिय दैनिक
  • February 24, 2022
IMG 6729 scaled

६ कम्युनिष्ट पार्टी र २ मोर्चाले आज एमसीसी विरुद्धको संघर्ष गम्भिर मोडमा पुगेको भन्दै देशभर प्रदर्शन गर्ने भएको छ ।
जुनसुकै मुल्यमा पनि एमसीसीको खारेज गरी राष्ट्रिय स्वाधिनताको रक्षा गर्नु आफ्नो कर्तव्य भएको भन्दै संघर्षको कार्यक्रम सार्वजनिक गरेको ६ राजनीतिक दल र २ मोर्चाले संयुक्त रुपमा हस्ताक्षरित विज्ञप्तीमा उल्लेख गरिएको छ ।

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा, मोहनविक्रम सिंह नेतृत्वको नेकपा मसाल, मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी, ऋषी कट्टेल नेतृत्वको नेकपा, चित्रबहादुर केसी नेतृत्वको राष्ट्रिय जनमोर्चा, सीपी गजुरेल नेतृत्वको देशभक्त जनगणतान्त्रिक मोर्चा, आहुती नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी र कर्णजित बुढाथोकी नेतृत्वको नेकपा माओवादी केन्द्र समाजवादीले आज संसद भवन घेराउ गर्ने बताएको छ ।

यता सरकारले भने सुरक्षा व्यवस्थालाई थप कडाई गर्दै संसद भवनको पर्खाल वरपर कांडे तार लगाएको छ । बानेश्वोर र माइतिघर क्षेत्रमा थप सुरक्षाकर्मी परिचालन गरिएको छ ।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५