भारतद्धारा अफगानिस्तानलाई दुई हजार पाँच सय टन गहुँ सहयोग

  • नेपाल राष्ट्रिय दैनिक
  • February 23, 2022
gau ko bala

पाकिस्तानले ढुवानीका लागि ‘असाधारण’ अनुमति दिएपछि भारतले संकटग्रस्त राष्ट्र अफगानिस्तानको लागि २ हजार ५०० टन गहुँ बोकेको ५० ट्रक पठाएको अधिकारीहरूले बुधबार जानकारी दिएका छन् ।

गत वर्ष तालिबानले कब्जामा लिएपछि पश्चिमी देशहरुले सहायतामा तीव्र कमी ल्याएका छन् । जसले अफगानिस्तानलाई “विनाशकारी“ मानवीय संकटको सामना गरिरहेको छ । संयुक्त राष्ट्रसंघका अनुसार दुई करोड ८० जनसंख्याको बहुमतलाई सहयोगको आवश्यकता रहेको छ ।

संयुक्त राष्ट्र संघको अपीलको जवाफमा, भारतले पाँच हजार टन गहुँ उपहार दिने निर्णय गरेको थियो । लरीहरूको पहिलो चरणलाई मंगलबार पाकिस्तानको सीमानजिकै अमृतसरमा एक समारोहबीच अधिकारीहरूले झण्डा देखाएका जनाइएको छ ।
भारतको कट्टर प्रतिद्वन्द्वी पाकिस्तानले भन्यो कि यो ढुवानी आफ्नो क्षेत्रमार्फत पार गर्न अनुमति दिन “एक असाधारण आधारमा सहमत“ थियो ।नयाँ दिल्लीले भारत प्रशासित कश्मीरको आंशिक स्वायत्तता खारेज गरेपछि इस्लामाबादले २०१९ मा भारतसँगको व्यापार निलम्बन गरेको थियो ।

अघिल्लो पश्चिमा समर्थित अफगान सरकारसँग घनिष्ट सम्बन्ध रहेको भारतले पनि कोभिड–१९ को खोपको ५ लाख डोज, १३ टन औषधि र जाडो लुगा सहयोग गरेको थियो ।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५