सत्तारूढ दल नेपाली कांग्रेसले बिहीबार बस्ने संसद बैठकमा अनिवार्य उपस्थित हुन आफ्ना सांसदहरूलाई निर्देशन दिएको छ।
कांग्रेस संसदीय दलकी प्रमुख सचेतक पुष्पा भुसालका अनुसार अमेरिकी सहयोग परियोना एमसिसीबारे छलफल सुरू हुने भएकाले सबैलाई अनिवार्य उपस्थित हुन भनिएको हो।
फागुन ८ गते संसदमा दर्ता भएको एमसिसी सम्झौतामा बिहीबारदेखि संसदमा छलफल सुरू हुँदैछ। संसद बैठक बिहीबार दिउँसो १ बजे बस्दैछ।
आफ्नो प्रतिक्रिया दिनुहोस्