पछिल्लो २४ घण्टामा देशभर थप ४७६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने ३ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ६०४ जनाको पीसीआर परीक्षण गर्दा २९९ जना र २ हजार ८२० जनाको एन्टिजेन परीक्षण गर्दा १७७ जना गरी ४७६ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै, आज ८३१ जना कोरोना संक्रमणमुक्त भएका छन् ।
हाल एक हजार ७४७ जना संक्रिय संक्रमित छन् । जसमध्ये १० हजार ३६७ संक्रिय संक्रमित होम आइसोलेशनमा रहेका छन् भने ३८० जना संस्थागत आइसोलेसनमा रहेका छन् ।
आफ्नो प्रतिक्रिया दिनुहोस्