चन्द्रागिरि नगरपालिकास्थित बलम्बुमा बालकको शव फेला

  • नेपाल राष्ट्रिय दैनिक
  • February 22, 2022
child death

चन्द्रागिरि नगरपालिकास्थित बलम्बुमा १४ वर्षीय बालकको शव फेला परेको छ । चन्द्रागिरि–१२ खुसीखोलामा डुबिरहेका अवस्थामा आज बालकको शव फेला परेको हो ।

महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले सुनसरी धरान उपमहानगरपालिका–७ घर भई हाल चन्द्रागिरि–१० सानो मन्दिर बस्दै आएका एक बालकको शव फेला परेको जानकारी दिनुभयो । बालकको नाम भने गोप्य राखिएको छ ।

प्रवक्ता मैनालीले शव फेला परेसँगै महानगरीय अपराध महाशाखा, महानगरीय प्रहरी परिसर काठमाडौँ र फसेन्सिक मेडिसिन डाक्टरको टोली घटनास्थलमा पुगेर शवलाई परीक्षणका लागि त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको बताउनुभयो ।

शवमा भने कुनै चोटपटक नदेखिएको प्रहरीले जनाएको छ । मृत्युका बारेमा आवश्यक अनुसन्धान भइरहेको प्रवक्ता मैनालीले जानकारी दिनुभयो ।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५