नेपाल हुँदै सुन तस्करी गर्न खोजेको आरोपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई विदेशी नागरिक पक्राउ परेका छन् । दुबईबाट नेपाल हुँदै करिब एक केजी सुन तस्करी गर्न खोज्दा भारतीय नागरिक पारसनाथ साह र बंगलादेशी नागरिक मोहम्मद उल्लाहलाई पक्राउ गरिएको विमानस्थल सुरक्षा कार्यालयले जानकारी दिएको छ।
दुबईबाट हिमालयन एयरलाइन्सको उडान नम्बर एच ९५६६ मार्फत काठमाडौं आएका बंगलादेशी नागरिक मोहम्मद उल्लाहलाई सुनसहित पक्राउ गरिएको हो ।
प्रहरीका अनुसार सुन करिब एक किलो ९३६ ग्राम रहेको छ । सुनको हालको बजार मूल्य करिब ७७ लाख रुपैयाँ रहेको छ ।
उल्लाहसँगको बयानमा भन्सार ठगीमा संलग्न रहेको खुलासा भएपछि भारतीय नागरिक पारसनाथ साहलाई पनि पक्राउ गरिएको छ । उनीहरु दुवैलाई आवश्यक अनुसन्धान र कारबाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा बुझाइएको छ ।
आफ्नो प्रतिक्रिया दिनुहोस्