आइसिसी टी-२० विश्वकप छनोटको सेमिफाइनलमा आज नेपालले युएईसँग प्रतिस्पर्धा गर्ने

  • नेपाल राष्ट्रिय दैनिक
  • १० फाल्गुन २०७८, मंगलवार ०७:००
nepali cricket team in oman 2022

नेपाल र युएई आज आइसिसी टी-२० विश्वकप छनोटको सेमिफाइनलमा एक अर्काबिच प्रतिस्पर्धा गर्दैछन ।

समुह चरणको तीन खेल जित्दै नेपाल आइसिसी टी-२० विश्वकप छनोटको सेमिफाइनलमा प्रवेश गरेको हो । आज युएईसँग हुने खेलमा जित निकाल्न सफल भएमा नेपालले अस्ट्रेलियमा हुने आगामी विश्वकप खेल्ने मौका पाउनेछ । आजको खेल ओमानको अल अमेरत रङ्गशालामा नेपाली समय अनुसार ३:४५ बजे सुरु हुनेछ ।

समुह चरणको खेल अन्तर्गत लगातार जित हांसिल गर्दै आएको नेपालले हिजो भएको खेलमा क्यानडालाई ८ विकेटले हराउन सफल भएको थियो । यसअघी भएको २ खेलमा नेपालले ओमानलाई ३९ रन र फिलिपिन्सलाई १३६ रनको फराकिलो अन्तरले पराजित गरेको थियो।

Share :
nepali congress baithak mahasamiti

कांग्रेसको महासमिति बैठक ६ वटा भातृ संगठद्वारा बहिस्कार

ललितपुर - नेपाली कांग्रेसको महासमिति बैठक उद्घाटन भएकै दिन काँग्रेसको ६ वटा भातृ संगठनले महासमिति बैठक बहिस्कार गरेका छन्। नेपाल शिक्षक संघ, नेपाल डेमोक्र्याटिक लयर्स एसोसियसन, नेपाल ट्रेड युनियन कांग्रेस, नेपाल डेमोक्र्याटिक इन्जिनियर्स नेपाल, नेपाल प्रेस युनियन र प्रजातन्त्रवादी संगठनले संयुक्त रुपमा सभापति देउवालाई ध्यानाकर्षण पत्र बुझाएर महासमिति बैठक बहिष्कारको घोषणा गरेका हुन्। विधानको व्यवस्थाविपरीत निर्वाचित अध्यक्षहरूलाई आमन्त्रित महासमिति सदस्य[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५