सेनाको कुटाइबाट चेपाङ युवकको मृत्यु प्रकरणमा सैनिकलाई जन्मकैदको फैसला

  • नेपाल राष्ट्रिय दैनिक
  • February 21, 2022
Raj Kumar Chepang

उच्च अदालत पाटनको हेटौंडा इजलासले चितवन राष्ट्रिय निकुञ्जको जंगलमा घुँगी टिप्न गएका राजकुमार चेपाङलाई कुटपिट गर्ने एक सैनिकलाई जन्मकैदको फैसला गरेको छ ।

न्यायाधीशहरु चण्डीराज ढकाल र नागेन्द्रलाल कर्णको इजलासले सैनिक चिरणकुमार बुढालाई जन्मकैदको सजाय गरेको हो । उच्च अदालतले जिल्ला अदालतको फैसला उल्ट्याई थप सजायको फैसला गरेको हो ।

जिल्ला अदालत चितवनका न्यायाधीश गायत्री प्रसाद रेग्मीले नेपाली सेनाका हुद्दा चिरण कुमार बुढालाई ९ महिना कैद र ९ हजार जरिवाना हुने फैसला गरेका थिए । त्यही फैसला विरुद्ध परेको पुनरावेदनमा उच्च अदालतले आइतबार हुद्दा बुढामाथि जन्मकैदको फैसला सुनाएको थियो । जन्मकैदको सजाय २५ वर्षको हुन्छ ।

२४ वर्षीय राजकुमार चेपाङ सहितको टोली घुगी खोज्ने क्रममा चितवन राष्ट्रिय निकुञ्जको लिगलिगो पोष्ट नजिकैको ज्यूडी खोलामा गएको थियो । त्यसक्रममा सैनिक टोलीले उनी लगायतलाई नियन्त्रणमा लिएर ब्यारेकमा ल्याई कुटपिट गरेका थिए ।

कुटपिटपछि गम्भिर घाइते भएका राजकुमारको ८ दिनपछि उपचारका क्रममा मृत्यु भएको थियो ।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५