अमेरिकी सहयोग परियोजना एमसीसीका कारण राष्ट्रिय राजनीति जटिल मोडमा पुगेको बागमती प्रदेशका मुख्यमन्त्री एवम् नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले बताउनुभएको छ ।
प्रजातन्त्र दिवसको अवसरमा आज बिहान सम्बोधन गर्दै पाण्डेले सो कुरा बताउनुभएको हो ।
यसअघि नेपालका राजनीतिक दलहरु मिलेर धेरै समस्या समाधान गरेको भन्दै उहाँले यसपटक पनि समाधान गर्ने विश्वास विश्वास व्यक्त गर्नुभयो ।
जनताले अपेक्षा गरे अनुसारको अवस्थामा परिवर्तन अझै आउन नसकेको बताउँदै मुख्यमन्त्री पाण्डेले सबै राजनीतिक दलले आर्थिक र सामाजिक पक्ष सुधारमा जोड दिनुपर्ने धारणा पनि राख्नुभएको थियो ।
आफ्नो प्रतिक्रिया दिनुहोस्