ओमान विरुद्ध नेपालको सान्दार जित

  • नेपाल राष्ट्रिय दैनिक
  • February 18, 2022
nepali cricket team in oman 2022

आईसीसी टी–२० विश्वकपको ग्लोबल छनोटमा नेपालले ओमानलाई ३९ रनले पराजित गर्दै विजयी सुरुवात गरेको छ ।

अमेरत क्रिकेट मैदानमा नेपालले दिएको १ सय १८ रनको सामान्य लक्ष्य पछ्याउँदै ओमानले निर्धारित १७ ओभरमा सबै विकेट गुमाएर ७८ रनमा अलआउट भयो ।अमेरतइमिरेट्स क्रिकेट मैदानमा नेपालले दिएको १ सय १८ रनको सामान्य लक्ष्य पछ्याउँदै ओमानले निर्धारित १७ ओभरमा सबै विकेट गुमाएर ७८ रनमा अलआउट भयो ।

ओमानका लागि नसिम खुशीले १८ बलमा एक चौका र दुई छक्का प्रहार गर्दै २४ रन बनाए । त्यस्तै जितेन्द्र सिंहले ९, खवर अली ७, आमिर कलिम ९, अयान खान ३, जसिम मक्सुदले २ रन मात्र जोड्न सकेनन् ।

टस हारेर ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ११७ रन बनाएको थियो ।

जारी विश्वकप छनोटमा नेपालको समूहमा ओमान, फिलिपिन्स र क्यानडा रहेका छन् । सबैले एकअर्कासँग खेलिसकेपछि शीर्ष दुईमा रहने टोली सेमिफाइनलमा पुग्नेछन् । नेपालले शनिबार फिलिपिन्सको सामना गर्नेछ ।

समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । फाइनलमा पुग्ने टोली यसै वर्षको अन्त्यमा अष्ट्रेलियामा हुने टी–२० विश्वकपका लागि छनोट हुनेछ ।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५