लामो समयदेखी रिक्त रहेको नेपाल धितोपत्र बोर्डको अध्यक्षमा रमेश हमाल नियुक्त भएका छन्।
छनोट समितिको सिफारिसमा आज बसेको मन्त्रिपरिषद् बैठकले हमाललाई बोर्ड अध्यक्षमा नियुक्त गरेको हो।
बोर्डको अध्यक्ष नियुक्तिका लागि गठित सिफारिस तथा छनोट समितिले कृष्णराज पोखरेल, डा गोपाल भट्ट र रमेश हमालको नाम छनौट गरेको थियो।सिफारिस गरिएको ३ जनामध्ये मन्त्रिपरिषद्ले बोर्डको अध्यक्षमा हमाललाई नियुक्त गरेको हो। अध्यक्षका लागि १५ जनाको आवेदन परेका थियो।
आफ्नो प्रतिक्रिया दिनुहोस्