प्रधानमन्त्रीको सरकारी निवास बालुवाटरामा सत्ता गठबन्धनको बैठक सुरू भएको छ ।
केहीबेर अघी सुरु भएको बैठकमा प्रधानमन्त्री देउवासहित कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका नेता बाबुराम भट्टराईलगायत गठबन्धनका शीर्ष नेताहरूको उपस्थिती रहेको छ ।
प्रधानमन्त्री देउवा भोलीको प्रतिनिधिसभा बैठकमा एमसीसी टेबल गर्ने तयारीमा रहंदै गर्दा आजको यो निर्णायक र अन्तिम बैठक हुने गठबन्धनका नेताहरुले बताएका छन् । आजको बैठकमा एमसीसी अनुमोदनको विषयमा सहमति नभए देउवाले सभामुखको रजिनामा र गठबन्धन तोडेर एमालेसंग सहकार्य अगाडि बढाउन सक्ने कांग्रेस नेताहरुले बताएका छन् । प्रचण्ड र नेपालले धोका दिएको भन्दै कांग्रेस नेताहरु बिहान बालकोट पुगेर एमाले अध्यक्ष ओलिसंग भेट गरेको र आजको गठबन्धनको निर्णयपछी ओलीले आफ्नो निर्णय गर्ने पनि बताइएको छ ।
प्रमुख प्रतिपक्षी नेकपा एमालेसँग संवाद गरेर गठबन्धनमा सहमति नभए पनि भोलीको संसद बैठकमा एमसीसी टेबल गर्ने कांग्रेसले बताएको छ ।
आफ्नो प्रतिक्रिया दिनुहोस्