कार्यव्यवस्था परामर्शको बैठक जारी

  • नेपाल राष्ट्रिय दैनिक
  • February 16, 2022
karya bebastha

प्रतिनिधिसभाको आजको बैठकको कार्यसूची तय गर्न सभामुख अग्निप्रसाद सापकोटाको अध्यक्षतामा कार्यव्यवस्था परामर्श समितिको बैठक सुरु भएको छ ।

नयाँ बानेश्वरस्थित संसद भवनमा जारी बैठकमा नेपाली कांग्रेसका तर्फबाट गृहमन्त्री बालकृष्ण खाँण, कानून, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडू, सचेतक पुष्पा भुसाल सहभागी हुनुहुन्छ ।

यस्तै, नेकपा (माओवादी केन्द्र) का तर्फबाट प्रमुख सचेतक देवप्रसाद गुरुङ, सचेतक रेखा शर्मा, नेकपा (एकीकृत समाजवादी) का प्रमुख सचेतक जीवनराम श्रेष्ठ, लोकतान्त्रिक समाजवादी पार्टीका उमाशङ्कर अरगरिया हुनुहुन्छ । प्रमुख प्रतिपक्ष नेकपा (एमाले) भने अनुपस्थित रहेको छ ।

आजको बैठकमा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) सम्झौता टेबुल गर्ने कार्यसूची राख्ने वा के गर्ने भन्ने विषयमा सत्ता गठबन्धन दलभित्र सहमित जुटाउने प्रयास भइरहेको बुझिएको छ ।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५