दक्षिण कोरियामा एकै दिन ९० हजार ४४३ जनामा कोरोना संक्रमण

  • नेपाल राष्ट्रिय दैनिक
  • February 16, 2022
Koreya

दक्षिण कोरियामा एकै दिनमा अहिलेसम्मकै सबैभन्दा धेरै कोरोना भाइरसका संक्रमितहरु भेटिएका बताइएको छ । त्यहाँको रोग नियन्त्रण तथा निवारण एजेन्सीले सो कुराको जानकारी दिएको हो । सो एजेन्सीका अनुसार त्यहाँ गएको २४ घन्टा यतामात्र ९० हजार ४४३ जना कोरोना संक्रमित देखिएका छन् ।

सो निकायका अनुसार अहिलेसम्म यहाँ १५ लाख ५२ हजारजना कोरोना संक्रमित पाइएका हुन् । पछिल्ला केही दिनमा दैनिक ५० हजार जनाभन्दा बढी नै संक्रमित देखिएका छन् । तर यहाँ एकै दिन ९० हजार देखिएको भने यो पहिलो पटक हो ।

यहाँका अधिकारीहरुले कोरियामा पछिल्ला हप्ताहरुमा कोरोनाको ओमिक्रोन भेरियन्ट निकै विस्तारित भएको बताएका छन् । उनीहरुले नागरिकहरुले पूर्ण मात्रामा खोप लगाएकाले उनीहरुमा मृत्युदर कम रहेको तर पछिल्लो समयमा ओमिक्रोनको प्रकोप भने बढ्दै गएको बताएका छन् ।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५