लामो समयको अवरोधपछी आज दिउंसो १ बजे प्रतिनिधि सभाको बैठक बस्ने भएको छ ।
आज बस्ने भनिएको प्रतिनिधि सभाको बैठक आम चासोको विषय बनेको छ । नेपाली कांग्रेसको हिजो बसेको कार्यसम्पादन समितिको बैठक र गठबन्धन संगको सहकार्यमा आज संसदमा एमसीसीलाई निर्णयार्थ पेश गर्ने भएको छ । संसद सचिवालयले सार्वजनिक गरेको कार्यसुचिमा एमसीसी उल्लेख नभएको भएपनी आज ११ बजे बस्ने कार्यव्यवस्था समितिको बैठकबाट संसद बैठकको कार्यसुचिमा एमसीसी पनि समावेश गरिने कांग्रेस निकट नेताहरुले बताएका छन् ।
यता प्रमुख प्रतिपक्ष दल एमालेले भने आज बस्ने प्रतिनिधि सभाको बैठक पनि अवरोध गर्ने बताएको छ । नेकपा एमालेले सभामुखको रजिनामा र नेपाल सहित समाजवादीका १४ सांसदको बर्खास्तीको माग गर्दै यस अघिका बैठकहरु पनि बहिष्कार गर्दै आएको छ ।
आफ्नो प्रतिक्रिया दिनुहोस्