मधेस प्रदेशसभाको बैठक फागुन १० गते बस्ने

  • नेपाल राष्ट्रिय दैनिक
  • February 15, 2022
madhesh pradesh 1

मधेस प्रदेशको प्रदेशसभाको बैठक फागुन १० गते मङ्गलवार बस्ने भएको छ ।

प्रदेशसभा सचिवालयले फागुन १० गते मङ्गलबार दिउँसो २ बजे बस्ने गरी प्रदेशसभाको बैठक आह्वान गरेको हो । आइतबार बस्ने भनिएको प्रदेशसभाको बैठक विशेष कारण देखाउँदै स्थगन गरिएको थियो ।

प्रदेशसभा बैठकमा प्रदेश सरकारद्वारा प्रस्तुत प्रदेश प्रहरी ऐन कार्यान्वयनसम्बन्धी सङ्कल्प प्रस्तावमाथि छलफल हुने प्रदेशसभा सचिवलायले जनाएको छ । गत माघ २६ गते बसेको प्रदेशसभाको बैठकमा प्रदेश सरकारका आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साहले सो सङ्कल्प प्रस्ताव पेश गर्नुभएको थियो ।

सो बैठकमा प्रदेशसभा सदस्य ज्ञानेन्द्रकुमार यादव, रवीन्द्र बैठा, जगतप्रसाद यादव, जैनुल राइन, परमेश्वर साह, शिवचन्द्र चौधरी, नरेशकुमार यादव, अभिराम शर्मा, किशोरी साह (कमल), रिना यादव, रामअशिष यादवलगायतले सरकारद्वारा ल्याइएको सङ्कल्प प्रस्तावमाथि आ–आफ्ना धारणा राख्नुभएको थियो । रासस

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५