सौराहामा प्रणय दिवसको चहलपहल शून्य

  • नेपाल राष्ट्रिय दैनिक
  • February 14, 2022
sauraha aCRL943nK5.

प्रणय दिवस (भ्यालेन्टाइन डे) मा भरिभराउ हुने पर्यटकीय क्षेत्रमा यस वर्ष उत्साह देखिएको छैन । प्रणय दिवसको अघिल्लो दिन आजसम्म यहाँका पर्यटकीय होटेलमा चहलपहल हुन नसकेको हो ।

विगतका वर्षमा कोठा नपाएर पाहुना फिर्ता गर्ने पर्यटकीय नगरी सौराहाका व्यवसायीले फाट्टफुट्ट मात्रै बुक भएको बताएका छन् । उनीहरुले कोठा सोध्ने क्रम बढेको भए पनि उत्साहपूर्ण रुपमा हुन नसकेको जनाएका छन् । प्रणय दिवसका अवसरमा सौराहाका व्यवसायीले खाना महोत्सव (फुड फेस्टिबल) गर्दै आएका थिए । यस वर्ष उक्त महोत्सव हुन सकेको छैन । १६औँ संस्करणको खाना महोत्सव भइरहनुपर्नेमा कोरोनाका कारण कार्यक्रम स्थगित भएको छ ।

रेष्टुरेन्ट एन्ड बार एसोसिएसन (रेवान)सौराहाका निवर्तमान अध्यक्ष दीपेन्द्र खतिवडाले गत वर्षसम्म यतिबेला सौराहामा भीडभाड हुने भए पनि यस वर्ष खासै चहलपहल नरहेको बताउनुभयो । गत वर्ष फागुन १ देखि ३ गतेसम्म १५औँ सडक खाना महोत्सव गरिएको उहाँले जानकारी दिनुभयो ।

अघिल्ला वर्षमा माघका दुई दिन र फागुनका तीन दिन गरी पाँचदिने महोत्सव गर्ने गरिन्थ्यो । यस वर्ष कोभिडका कारण कार्यक्रम स्थगित भएसँगै सौराहा सुनसान देखिएको हो । खतिवडाको भनाइमा खाना महोत्सव अनुकूल समय भए पनि यस वर्ष गरिएन ।

क्षेत्रीय होटेल सङ्घका अध्यक्ष दीपक भट्टराईले ९० प्रतिशत हाराहारी बुकिङ हुने समयमा सुनसान रहेको बताउनुभयो । सोधखोज बढ्दै गएकाले पर्यटन क्षेत्र लयमा फर्किनेमा आफूहरु आशावादी भएको भट्टराईको भनाइ छ । पर्यटन व्यवसायका लागि यो मौसम महत्वपूर्ण हो । प्रणय दिवसमा सौराहामा राम्रो व्यवसाय हुने गर्दथ्यो ।

स्थानीय प्रशासनले कोभिडका कारण गरिने निषेधाज्ञा र बन्दका विषयमा प्रचार गर्ने तर खुलेका बारेमा जानकारी नगराउँदा समस्या हुने गरेको उहाँले बताउनुभयो । क्षेत्रीय होटेल सङ्घका निवर्तमान अध्यक्ष सुमन घिमिरेले समय महत्वपूर्ण भए पनि पर्यटक खासै नआएको बताउनुभयो । होटेलमा बस्नेभन्दा घुमफिर गर्न आउने अरू धेरै हुने समय यो हो ।

होटेलमा पाहुना नपाएपछि व्यवसायीले पालैपालो कर्मचारी मजदुरलाई बिदा दिएका छन् । थोरै कामदार कर्मचारीको भरमा होटेल चलाइरहेका छन् । होटेल चल्ने मुख्य समयमा कोभिडका कारण अवरोध पुगेपछि व्यवसायी निराश छन् । कोभिडका कारण अबका दिनमा फेरि दुःख नपाए पूर्ववत् अवस्थामा फर्काउन सकिने आशा व्यवसायीमा छ ।

सौराहा क्षेत्रमा १२० हाराहारी पर्यटकीय होटेल रहेका छन् । ती होटेलमा पाँच हजार ५०० शय्या रहेका छन् । रासस

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५